Janakpurdham
Mon, Aug 18, 2025
`

एमालेलाई अर्थमन्त्रीले भने- सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री प्रकाश शरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् ।जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरू बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेट अनुसार सरकार चल्न दिनुपर्छ ।’ काँग्रेस प्रतिपक्षमा रहँदा कहिल्यै बहाना बनाएर सदन अवरुद्ध नगरेको दाबी गर्दै मन्त्री महतले सदनमै छलफल र बहस गरेर कुनै पनि समस्या समाधान गर्न सकिने कुरामा विश्वास गर्नुपर्ने बताए ।उनले कोशी-मरिन डाइभर्सन गरेर मधेशलाई समृद्ध गर्नेतर्फ लागेको बताए । उनले तराई मधेशका हरेक क्षेत्रमा पानी पुग्यो भने एक सय गुणा उत्पादन बढ्ने विश्वास व्यक्त गरे । उनले भने– मधेशका जनताको समस्यामा सरकार गम्भीर छ ।साभार : नेपाल प्रेस

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

11 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

11 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले