
निर्माणाधिन सार्वजनिक सुलभ शौचालय र स्नान घरको अनुगमन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

राहुल कुमार सिंह
जनकपुरधाम । जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शनिवार निर्माणाधिन सार्वजनिक सुलभ शौचालय र स्नान घरको अनुगमन गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशनस्थित निर्माणाधिन शौचालय र स्नानघरको उनले अनुगमन गरेका हुन । उपमहानगरपालिकाले करिब ३० लाखको लागतमा निर्माण गर्न लागेको उतm आधुनिक शौचालयमा १४ वटा शौचालय र स्नानघर , २० वटा पेशाव घर निर्माण गरिने योजना रहेको छ । निर्माणका लागि रकम अपुग भए रकम थप गरिने अनुगमनको क्रममा उनले बताएका छन । नगर प्रमुख साहले चाडै निर्माण कार्य सम्पन्न गरि शौचालय संचालनमा ल्याईने बताए । निर्माण सम्पन्न भई शौचालय सेवा शुरु भएपछि रेल्वेबाट जनकपुर आउने पर्यटकहरुले सार्वजनिक शौचालयमा गएर स्नानको सुविधा समेत लिन सक्छन् । नगरको सरसफाइ र स्वच्छ वातावरणका लागि सार्वजानिक शौचालय महत्वपूर्ण अङ्ग मानिन्छ । तर जनकपुरधामभित्र रहेका त्यस्ता शौचालय फोहर, अपर्याप्त पानी, कमजोर व्यवस्थापन, महिला, अपाङ्गता तथा तेस्रो लिङ्गी मैत्री अभाव, हात धुने ठाउँ नहुनु, रसाउने र चुहिने समस्या, हात धुने ठाउँको अभाव तथा सबैका दिसा गर्ने सुविधा नहुनु समस्या रहेका छन् । जनसङ्ख्याको अनुपातमा जनकपुरधाममा सार्वजनिक शौचालय एकदमै न्यून छन् । भएका शौचालय नाम मात्रका छन् । अगामी दिनमा शहरी क्षेत्रमा जनसङ्ख्याको चापअनुसार शौचालय निर्माणमा ध्यान जानु जरुरी रहेको छ ।”विश्व स्वास्थ्य सङ्गठनका अनुसार मुख्यगरी शहरी क्षेत्रमा हरेक ५०० जनाका लागि एउटा शौचालय हुनुपर्छ । २५ वडा रहेको उपमहानगरका धेरै वडामा त्यस्ता शौचालय नरहेको बताइएको छ । उपमहानगरभित्र रहेका मध्ये पनि कामचलाउ अवस्थामा रहेको छ ।

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
11 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
11 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले