Janakpurdham
Mon, Aug 18, 2025
`

जमुनी कटहा सिचाइ आयोजनाको माटो खन्ने कार्य सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक
जनकपुरधाम । धनुषाको जमुनी कटहा सिंचाई आयाेजना नहरकाे माटो खन्ने कार्य सम्पन्न भएकाे छ । प्राविधिक समस्याले पूर्णता नपाएपनि किसानले आसावादि भएर परियाेजनालाई सफल वनाउन एक जुटभई हामी संग लागि परेका अध्यक्ष चाैधरीले वताए । जमुनी कटहा सिचाई आयाेजना उपभोक्ता समितिका अध्यक्ष एवं नेका धनुषाका नेता प्रवेश चाैधरीले तत्कालीन जलस्रोत मन्त्री महेन्द्र नारायण निधिको चाहना अनुसार शुरु गरिएको योजनाको शुरूवाती पहल डा. लक्ष्मीनारायण झाले गरेको बताए । समितिका अध्यक्ष चाैधरीले ५ हजार विग्हा जमीन सिंचित हुने योजना को अनुमानित लागत ४० कराेड रहेकाे जानकारी गराए । योजनाको बाेलपत्र स्वीकृत २७ कराेड भएकाे बताए । उनले भने ९ किलाेमिटर मुल नहरकाे विकास सम्पन्न भई पहिलाे र दाेस्राे प्याकेज अनुसार काम भएकाेले नहरकाे सफाई, वेरियर तथा कलर्भट निर्माण हुनुपर्नेमा जाेड दिए । सम्पूर्ण मध्य तथा दक्षिणी मधेसकाे लागि एक मात्र सिंचाई साधनकाे रूपमा रहेका जमूनी कटहा नहर परियाेजनालाई नेपाल सरकार तथा प्रदेश सरकारले विशेष ध्यानु दिनुपर्ने लाेहनाका समाजसेवी विनाेद ठाकुरले वताए । जनकपुरधाम उपमहानगरपालिका वडा नं २५ लोहनाका वडाअध्यक्ष चन्देश्वर साहले प्राविधिक रूपमा सफल हाेस भन्ने शुभकामना तथा बधाई दिदैं समस्या रहित नहर वनाउन आग्रह गरे । त्यस्तै औरही गाउँपालिका वडा नं २ का सभापतिले नहरकाे सफाई नहुंदा पानी फाेहोरकाे साथै ड्याम्पमा एकत्रित नहुंदा बहाव भएकाेले ह्युम पाइप तथा साईपनकाे उचित व्वस्था हुनुपर्ने मांग गरे ।

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

11 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

11 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले