Janakpurdham
Wed, Sep 23, 2026
`

धनुषाधामका महिला जनप्रतिनिधिलाई मध्यवर्ती प्रशिक्षण सम्पन्न   उपप्रमुखलाई निर्वाचित महिला जनप्रतिनिधि संजालले बुझाए ध्यानाकर्षण पत्र 

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

जनकपुरधाम,भदौँ २ गते ।निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत शनिबार मध्यवर्ती तालिम धनुषाधाम नगरपालिकामा सम्पन्न गरेको छ । सो पालिकाका १५ जना महिला निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षक द्वय सेतारमान ठोकर र पार्वती भट्टराईले तीन दिवसीय मध्यवर्ती प्रशिक्षण दिनुभएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । तालिमको दोस्रो दिन अनुगमन गर्दै धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेलले लैँगिक उत्तरदायी बजेट निर्माणका लागि कार्यपालिकामा कुरा राख्ने बताउनु भयो । उहाँले यो परियोजनाका कारण निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास भएको जनाउदै परियोजनाको निरन्तारताका लागि पालिकाले समेत सहयोग गर्ने बताउनु भयो । यता, निर्वाचित महिला जनप्रतिनिधि संजाल धनुषाका अध्यक्ष श्रृजना भुजेल तथा सचिव नितु मल्लिकले सो पालिकाका उपप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षणपत्र बुझ्दै उपप्रमुख भुजेलले लैँगिक उत्तरदायि बजेटका लागि आफुले काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘ महिला वडासदस्यहरुको क्षमता विकास गर्दै आएकोमा माण्डवीलाई धन्यवाद छ , यस वर्षको बजेटमा महिला वडासदस्यहरुका लागि बजेट छुट्याएका छौँ ।’ यो भन्दा पहिला धनुषा तथा महोत्तरीका विभिन्न पालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुले सो तालिम लिएपछि वडास्तरमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

 

 

 

 

 

 

 

 

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

15 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

15 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले