Janakpurdham
Tue, Aug 19, 2025
`

इन्जिनियरिङको शुल्क वृद्धिविरुद्ध आमरण अनशन बसेका शुलभको स्वास्थ्य बिग्रिँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । त्रिविले इन्जिनियरिङ स्नातकको शुल्क बढाएको विरोधमा थापाथली क्याम्पसमा अनशन बसेका शुलभ चापागाईँको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।मङ्गलवारदेखि डिन कार्यालय अगाडि आमरण अनशन बसेको आज तेस्रो दिन पुगेको छ । चापागाईँ बोल्न नसक्ने अवस्थामा छन् ।नेविसंघ पुल्चोक क्याम्पस डिन कार्यालयले सरकारले लगानी गर्ने नसकेर शुल्क बढाउन बाध्य भएको बताएको छ ।सरकारले लगानी गर्ने हो भने हामीले शुल्क बढाउनु नपर्ने आईओईको स्टेटमेन्ट रहेको थापाथली क्याम्पस सभापति पुष्कर विक्रम शाहीले बताए ।उनले भने, ‘सरकारले शिक्षामा लगानी गर्न नखोजेकै कारणले युवाहरू विदेशिन बाध्य भइरहेका छन् । सरकाले शिक्षा क्षेत्रमा लगानी नगरे देशको भविष्यमाथि नै खेलबाड भइरहेको छ ।’त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था आईओईले चार वर्षे स्नातक तहको शुल्क एकै पटक ३ लाखबाट बढाएर ७ लाख पुर्‍याएको छ ।जहाँ यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्‍याइएको छ ।त्रिभुवन विश्वविद्यालय इञ्जिजियरिङ अध्ययन संस्थाका आंगिक क्याम्पसमा केन्द्रीय क्याम्पस पुल्चोक, थापाथली क्याम्पस, पूर्वाञ्चल क्याम्पस धरान र पश्चिमाञ्चल क्याम्पस पोखरा र चितवन इन्जिनियरिङ क्याम्पस छन् ।साभार : नेपाल प्रेस

`
12 comments
‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको ..

काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि मह..

2 घन्टा पहिले

गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्चको परमादेश

काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार सरकारलाई परमादेश आदेश दिएको छ। सर्..

2 घन्टा पहिले

वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आ..

जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रम..

2 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

1 दिन पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

1 दिन पहिले