Janakpurdham
Tue, Aug 19, 2025
`

जलेश्वरका उपप्रमुखलाई लैँगिक उत्तरदायी बजेटका लागि ध्यानाकर्षण पत्र

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम भदौँ ८ गते । महोत्तरी जिल्लामा निर्वचित भएका महिला जनप्रतिचिधिहरुको संजालले लैँगिक उत्तरदायी बजेट निर्माणका लागि जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनलाई ज्ञापन पत्र बुझाएका हुन । केहि समय पहिला मात्र गठन भएको महिला जनप्रतिनिधि संजाल महोत्तरीले पालिकाको बजेटलाई लैँगिक उत्तरदायी बनाउन उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । संजालका महोत्तरी अध्यक्ष शोभा दास तथा सचिव लक्ष्मी परियारले संयुक्त रुपमा उपप्रमुख खातुनलाई ध्यानाकर्षण पत्र बुझाउदै अवउपरान्त पालिकाका बजेटलाई लैँगिक उत्तरदायी पुर्ण तरिकाले विनियोजन गर्न आग्रह गरेको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै उपप्रमुख खातुनले लैँगिक उत्तरदायि बजेटका लागि आफुले पहल गर्ने बताउदै अहिले सम्म बजेट खासै लैँगिक उत्तरदायी हुन नसकेको स्विकार गर्नुभयो । कार्यपालिकाको बैठकमा आफुले लैँगिक उत्तरदायी बजेटका सम्बन्धमा छलफल गरी अगामी बजेटलाई सो अनुरुप लै विनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । माण्डवीले दिदै आएको प्रशिक्षणका कारण महिला जनप्रतिनिधिहरुले आफुमा क्षमता अभिबृद्धि गरी स्थानीय तहको विभिन्न प्रकारका कामका सहभागीता जनाई लैँगिक उत्तरदायी रुपमा काम गर्न सक्रिय भएका छन् ।

`
12 comments
‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको ..

काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि मह..

2 घन्टा पहिले

गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्चको परमादेश

काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार सरकारलाई परमादेश आदेश दिएको छ। सर्..

2 घन्टा पहिले

वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आ..

जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रम..

2 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

1 दिन पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

1 दिन पहिले