Janakpurdham
Wed, Sep 23, 2026
`

जलेश्वरका उपप्रमुखलाई लैँगिक उत्तरदायी बजेटका लागि ध्यानाकर्षण पत्र

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम भदौँ ८ गते । महोत्तरी जिल्लामा निर्वचित भएका महिला जनप्रतिचिधिहरुको संजालले लैँगिक उत्तरदायी बजेट निर्माणका लागि जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनलाई ज्ञापन पत्र बुझाएका हुन । केहि समय पहिला मात्र गठन भएको महिला जनप्रतिनिधि संजाल महोत्तरीले पालिकाको बजेटलाई लैँगिक उत्तरदायी बनाउन उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । संजालका महोत्तरी अध्यक्ष शोभा दास तथा सचिव लक्ष्मी परियारले संयुक्त रुपमा उपप्रमुख खातुनलाई ध्यानाकर्षण पत्र बुझाउदै अवउपरान्त पालिकाका बजेटलाई लैँगिक उत्तरदायी पुर्ण तरिकाले विनियोजन गर्न आग्रह गरेको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै उपप्रमुख खातुनले लैँगिक उत्तरदायि बजेटका लागि आफुले पहल गर्ने बताउदै अहिले सम्म बजेट खासै लैँगिक उत्तरदायी हुन नसकेको स्विकार गर्नुभयो । कार्यपालिकाको बैठकमा आफुले लैँगिक उत्तरदायी बजेटका सम्बन्धमा छलफल गरी अगामी बजेटलाई सो अनुरुप लै विनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । माण्डवीले दिदै आएको प्रशिक्षणका कारण महिला जनप्रतिनिधिहरुले आफुमा क्षमता अभिबृद्धि गरी स्थानीय तहको विभिन्न प्रकारका कामका सहभागीता जनाई लैँगिक उत्तरदायी रुपमा काम गर्न सक्रिय भएका छन् ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

15 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

15 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले