
जलेश्वरका महिला जनप्रतिनिधि प्रशिक्षित हुदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम भदौँ ८ गते । निर्वाचित महिला जनप्रतिनिधहरुको क्षमता विकासका लागि भईरहेको गतिविधिका कारण उनिहरु प्रशिक्षित भईरहेका छन् । विभिन्न चरणमा माण्डवीले पालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई दिदै आएको प्रशिक्षणको अर्को चरण बिहिबार सम्पन्न भएको छ । उनिहरुलाई शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत सक्षम बनाई लैँगिकता मैत्री स्थानीय सरकार संचालन गर्न प्रशिक्षित गरिदै छ । यसै क्रममा मध्यवर्ती प्रशक्षिणको पहिलो मोड्युल अन्तरगत तीन दिवसीय प्रशिक्षण बिहिबार सम्पन्न भएको छ । सो पालिकाका २४ जना महिला जनप्रतिनिधिलाई प्रशिक्षका द्वय सेतारमान ठोकर र सम्झना वर्माले प्रशक्षिण दिनुभएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

‘समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि महिलाहरुको ..
काठमाडौं, भदौ २ : उपप्रधान एंव सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई राम्रो मार्गमा अगाडि बढाउनको लागि मह..
2 घन्टा पहिले
गौर हत्याकाण्डको छानविन गर्न सर्वोच्चको परमादेश
काठमाडौँ, भदौ २ : सर्वोच्च अदालतले गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सोमबार सरकारलाई परमादेश आदेश दिएको छ। सर्..
2 घन्टा पहिले
वर्दीवासको डीएनवी अस्पतालका डा. मिश्रमाथिको वलात्कार आ..
जनकपुरधाम , भदौ २ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रम..
2 घन्टा पहिले
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
1 दिन पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
1 दिन पहिले