
सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

धरान,भदौ ९ गते। सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरेका छन्। शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्था तरहराको पानीपियामा आन्दोलित भएका हुन्। शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ। हिन्दु धर्मावलम्बीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ।हिन्दु धर्मका अगुवाको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन्। धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो। हिन्दु धर्मावलम्बीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन्। एक धर्मावलम्बीहरुले अर्को धर्मावलम्बीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ।साभार : गोरखापत्र

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
10 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
10 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले