Janakpurdham
Wed, Sep 23, 2026
`

सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

धरान,भदौ ९ गते। सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरेका छन्। शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्था तरहराको पानीपियामा आन्दोलित भएका हुन्। शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ। हिन्दु धर्मावलम्बीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ।हिन्दु धर्मका अगुवाको नेतृत्वमा निस्केको  र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी छन्। धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो। हिन्दु धर्मावलम्बीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन्। एक धर्मावलम्बीहरुले अर्को धर्मावलम्बीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ।साभार : गोरखापत्र 

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

15 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

15 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले