Janakpurdham
Wed, Sep 23, 2026
`

संघ र प्रतिष्ठानको संयुक्त आयोजनामा वृक्षारोपण

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आईतवार वृक्षरोपण कार्यक्रम गरिएको छ । शहिद कामेश्वर कुशेश्वर प्रतिष्ठान लक्ष्मीनियाँ बजार तथा नेपाल भारत मैत्री युवा संघ धनुषा जिल्लाको संयुक्त आयोजनामा बृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य शेष नारायण यादव रहेका थिए । संघका जिल्ला अध्यक्ष बजरंग यादवको अध्यक्षता भएको वृक्षरोपण कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं काङ्ग्रेस मधेस प्रदेश समिति सदस्य जीवनाथ चौधरी ,संघका सचिव फुलगेन यादव ,संघका जिल्ला सदस्य अकबर मन्सुर,शैलेन्द्र चोरबार ,नेपाली काङ्ग्रेस धनुषा क्षेत्र न. -४का सभापति योग नारायण यादव ,काङ्ग्रेसका नेता श्याम यादव ,राम वर्ण पासवान ,अताबुल हक ,हरि यादव लगायतका नेता कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

13 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

14 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले