Janakpurdham
Mon, Aug 18, 2025
`

नगर प्रमुख साहको पहलपछि पुल चोक सडक मर्मत र नाला निर्माण

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम ।  तराईको सडक सञ्जालको लाईफ लाईन मानिएको हुलाकी सडक अन्तर्गतको जनकपुरधाम उपमहानगरपालिकाको पुल चोक बेलौनी सडक खण्डमा उपमहानगरपालिकाले पानीको निकासका लागि नाला निर्माण गरेको छ । पानीको निकास नभएका कारण जिर्ण बनेको सो सडकमा उपमहानगरपालिकाले पानीको निकासका लागि नाला निर्माण गरि सडकको मर्मत संभार गरेको हो । लामो समय देखि जिर्ण अवस्थामा रहेको सो हुलाकी सडक मर्मत संभारका लागि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले आफै अग्रसरता देखाएपछि हुलाकी राजमार्ग आयोजना समेत सडकको मर्मत संभारमा जुटेका छन । उपमहानगरपालिकाका नगर प्रमुख साहले सडकको अवस्था बारे चासो व्यक्त गरेर हुलाकी सडक आयोजनाका प्रमुख र उपमहानगरपालिकाका योजना शाखालाई मर्मत कामलाई तत्काल गति बढाउन निर्देशन दिए पछि मर्मत कार्यले द्रुत गति लिएको हो । लामो समयसम्म काम रोकिएर अलपत्र परेको सडक उपमहानगरपालिकाका नगर प्रमुखको पहल पछि कामले तिब्रता लिएपछि स्थानीयमा खुसीयाली छाएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ पुल चोक बस्ने सुर्यदेव मंडलले जानकारी दिएका छन ।

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

10 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

10 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले