Janakpurdham
Tue, Mar 05, 2024
`

निरुताको जीवनमा ‘सपना भई’ आउने को हुन् ?

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । पचासको दशकमा नेपाली चलचित्र उद्योगकी हिट नायिका निरुता सिंहले गत बिहीबार आफ्नो विवाह भएको सार्वजनिक गरेकी छन् ।भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग लगन गाँठो जोडेको भन्दै उनले इन्सटाग्राममार्फत सार्वजनिक गरेकी हुन् । तुलसी घिमिरे निर्देशित चलचित्र दक्षिणाबाट चर्चामा आएकी निरुताले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेपनि पछिल्लो समय सक्रिय छैनन् ।उनले ५० को उमेर कटेपछि विवाह गरेर कहिले बिहे गर्ने भन्ने वर्षौँदेखिका प्रश्नहरूको जवाफ दिएको बताएकी छन् । निरुताले अभिनय गरेको पहिलो सफल चलचित्र दक्षिणमा नायक भुवन केसीसँग ‘सपना भई आँखामा आउने को होला ?’ बोलेको गीतमा उनको नृत्य कालजयी मानिन्छ ।उनले पति गुलाटीको बारेमा अरू बताएकी छैनन् । उनी मुम्बइमा सामान्य व्यवसाय गरेर बसेका व्यक्ति भएको बताइएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेशमा जसपाको नेतृत्व कायम रहला ?

जनकपुरधाम,फागुन २२ गते । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशमा आलोपालो नेतृत्व गर्ने लगभग सहमति भइसकेको छ । आलो..

9 मिनट पहिले

चार राजनीतिक दलबीच आठबुँदे सहमति

काठमाडौं, फागुन २२ : नयाँ सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमा..

19 मिनट पहिले

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं ,फागुन २१ गते । नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्..

18 घन्टा पहिले

गठबन्धनसँगै प्रदेश सरकारको नेतृत्व पनि फेरिने, आलोपालो..

काठमाडौं ,फागुन २१ गते ।  नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ।कांग्रेस नेतृत..

1 दिन पहिले

प्रचण्डको नेतृत्वमा चार दलीय नयाँ गठबन्धनको पाँच सदस्य..

काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धन बन्ने तय भएपछि आज सानो आकारको प्रारम्भिक मन्त्रिपरिषद गठन हुने भएको ..

1 दिन पहिले