
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

राहुल कुमार सिंह
जनकपुरधाम, भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको सभा हलमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्य लगायतलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । पछिल्लो समय सबै तहमा भ्रष्टाचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न अन्तरक्रिया गरिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ । स्थानीय सरकारसँग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकायका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्यको भूमिकाबारे जानकारी दिन अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउंदै सार्वजनिक पद धारण गरेका व्यतिmहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन , पारदर्शिताका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताएका छन । भ्रष्टाचारले राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न समाजका सबै व्यतिmलाई एकजुट भएर लाग्न उनले आग्रह समेत गरेका छन ।
आयोगको कार्यालय, बर्दिवासका कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले सचेत नागरिकहरुले विकास निर्माणमा चासो राख्ने र निगरानी गर्नुले अनियमितता कम हुने, अनियमितत भएमा शुरुमा सम्बन्धित निकायलाई खबरदारी गर्ने र नटेरेमा अख्तियारमा उजुरी गर्नुपर्ने बताए । स्थानीय तहमा हुने विकास निर्माण तथा योजनाका कामहरु गर्दा कानुनको परिपालना भएको हुनुपर्ने र कानुन बमोजिम भएका कामहरुमा उजुरी परेपनि काम रोकेर बस्नु नपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
3 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
3 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले