Janakpurdham
Wed, Sep 23, 2026
`

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

राहुल कुमार सिंह 

जनकपुरधाम, भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको सभा हलमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्य लगायतलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । पछिल्लो समय सबै तहमा भ्रष्टाचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न अन्तरक्रिया गरिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ । स्थानीय सरकारसँग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकायका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्यको भूमिकाबारे जानकारी दिन अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउंदै सार्वजनिक पद धारण गरेका व्यतिmहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन , पारदर्शिताका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताएका छन । भ्रष्टाचारले राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न समाजका सबै व्यतिmलाई एकजुट भएर लाग्न उनले आग्रह समेत गरेका छन । 

आयोगको कार्यालय, बर्दिवासका कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले सचेत नागरिकहरुले विकास निर्माणमा चासो राख्ने र निगरानी गर्नुले अनियमितता कम हुने, अनियमितत भएमा शुरुमा सम्बन्धित निकायलाई खबरदारी गर्ने र नटेरेमा अख्तियारमा उजुरी गर्नुपर्ने बताए । स्थानीय तहमा हुने विकास निर्माण तथा योजनाका कामहरु गर्दा कानुनको परिपालना भएको हुनुपर्ने र कानुन बमोजिम भएका कामहरुमा उजुरी परेपनि काम रोकेर बस्नु नपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

13 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

13 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले