
सीमामा फहराइयो राष्ट्रिय झन्डा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

सर्लाही, भदौ २१ गते । सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाकानजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाइ भएको राष्ट्रिय झन्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको हातबाट मङ्गलबार झन्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ । मन्त्री यादवले भारतीय नाकानजिक निर्माण गरिएको यो राष्ट्रिय झन्डाले राष्ट्रियतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । सीमा नाका भएर आउजाउ गर्ने जो कोहीलाई पनि सीमा नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने उहाँले बताउनुभयो । प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपियाँ बजेटबाट १०८ फिटको झन्डा निर्माण गरिएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डा निर्माणस्थलका लागि मलङ्गवा नगरपालिका–४ निवासी खलिल हक अन्सारीले मलङ्गवा नगरपालिका–८ मा रहेको साढे १३ धुर जग्गा उपलब्ध गराउनुभएको छ । कार्यव्रmममा मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर राय, नगर प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राख्नुभएको थियो । साभार : गोरखापत्र

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
47 मिनट पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
49 मिनट पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले