Janakpurdham
Wed, Sep 23, 2026
`

सीमामा फहराइयो राष्ट्रिय झन्डा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही, भदौ २१ गते । सर्लाही सदरमुकाम मलङ्गवामा १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा–सोनवर्षा नाकानजिक जिल्लामै पहिलो पटक १०८ फिट उचाइ भएको राष्ट्रिय झन्डा फहराइएको हो । प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवको हातबाट मङ्गलबार झन्डोत्तोलन गरी उद्घाटन गरिएको मलङ्गवा नगरपालिकाले जनाएको छ । मन्त्री यादवले भारतीय नाकानजिक निर्माण गरिएको यो राष्ट्रिय झन्डाले राष्ट्रियतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । सीमा नाका भएर आउजाउ गर्ने जो कोहीलाई पनि सीमा नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने उहाँले बताउनुभयो । प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपियाँ बजेटबाट १०८ फिटको झन्डा निर्माण गरिएको मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डा निर्माणस्थलका लागि मलङ्गवा नगरपालिका–४ निवासी खलिल हक अन्सारीले मलङ्गवा नगरपालिका–८ मा रहेको साढे १३ धुर जग्गा उपलब्ध गराउनुभएको छ । कार्यव्रmममा मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर राय, नगर प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राख्नुभएको थियो । साभार : गोरखापत्र

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

13 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

14 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

2 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

2 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

3 दिन पहिले