Janakpurdham
Mon, Aug 18, 2025
`

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको विरोधमा जनकपुरधाममा प्रदर्शन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम भदौ २१ गते । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गरिएको घटनाको विरोधमा जनकपुरधाममा आन्दोलन सुरु भएको छ ।नेपाल विद्यार्थी संघले जनकपुरधामको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेको हो । विद्यार्थीहरूले महामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेपछि सवारी साधन समेत अवरुद्ध भएको छ ।खुकुरी प्रहार गर्ने अपराधीलाई कडा कारबाही गर, गृहमन्त्री मुर्दावाद, लोकतन्त्र विरोधी होसियार जस्ता नारा आन्दोलनमा उत्रेका विद्यार्थीहरूले लगाएका छन् ।बुधवार कांग्रेसको सहमहामन्त्री यादवमाथि एक युवकले खुकुरी प्रहार भएका थिए । ट्रमा सेन्टरको आइसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएको छ । 

साभार : नेपाल प्रेस

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

58 मिनट पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

60 मिनट पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

3 दिन पहिले