Janakpurdham
Sat, May 18, 2024
`

मुसहर बस्तीमा विशेषज्ञ टोली, अत्याधुनिक प्रविधिद्वारा क्षयरोग जाँच

8 महीना पहिले प्रकाशित

Esandhyakalin

`

बर्दिबास, भदौ २७ गते । क्षयरोगबाट आक्रान्त बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा मन्त्रीसहित सङ्घ र प्रदेश केन्द्रित स्वास्थ्यकर्मीको टोली आइपुगेको छ। धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित व्यवस्थित आवासमा व्याप्त अव्यवस्था एवं क्षयरोग सङ्क्रमणबारे गोरखापत्रले समाचार र सम्पादकीय प्रकाशित गरेपछि सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाका प्रतिनिधिको मुसहर बस्तीमा एकै पटक ओइरो लागेको हो। मङ्गलबार अपराह्न बर्दिबास पुग्नुभएका मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले नमुना बस्तीका घर घरै पुगेर मुसहर समुदायको शिक्षा, स्वास्थ्य, समस्या र आवश्यकताबारे जानकारी लिनुभएको थियो। उहाँले क्षयरोग पहिचान भएकालाई निःशुल्क उपचार, पोषण खर्चलगायतको सुविधा मधेश प्रदेश सरकारले उपलब्ध गराउने बताउनुभयो। 

त्यसअघि नै भक्तपुरबाट क्षयरोग निदान घुम्ती सेवाको सुविधासम्पन्न गाडी लिएर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र प्रदेश स्वास्थ्य सचिव डा. प्रमोद यादव विशेषज्ञसहितको टोली लिएर मुसहर बस्ती पुगिसक्नुभएको थियो। यसका साथै प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र, विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि नवङ डोल्मा तामाङ, बागमती सेवा समाज, सेभ द चिल्ड्रेन, बिएनएमटी (विराट नेपाल मेडिकल ट्रस्ट), जिल्ला स्वास्थ्य कार्यालयलगायत संस्थाका प्रतिनिधि स्वास्थ्य परीक्षण र विवरण सङ्कलनका लागि मुसहर बस्ती पुग्नुभएको थियो। 

मुसहर बस्तीमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठ तथा मधेश प्रदेशका स्वास्थ्य सचिव डा. यादवले मुसहर बस्तीमा बसोबास गर्ने सबै जनाको अत्याधुनिक प्रविधिद्वारा क्षयरोग जाँच गर्ने प्रक्रlया सुरु भएको जनाउनुभयो। “उन्नत प्रयोगशालासहितको गाडी र विशेषज्ञको टोली लिएर नमुना मुसहर बस्तीमा आएका छौँ,” निर्देशक श्रेष्ठले बताउनुभयो, “अब स्वास्थ्य परीक्षणदेखि उपचारसमेत घरमै पाइने सुविधाले क्षयरोग निवारण प्रभावकारी हुने विश्वास लिएका छौँ।”

चर्चामा घुम्ती सेवाको गाडी

राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरबाट बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती आइपुगेको ‘क्षयरोग निवारण घुम्ती सेवा’ को बस अहिले यहाँ चर्चा र चासोको विषय बनेको छ। यो बस आफैँमा ‘चल्ता फिरता अत्याधुनिक प्रयोगशाला’ भएकाले यसले मधेश प्रदेशकै क्षयरोग निवारणमा आशा र भरोसा थपेको छ। केन्द्रका प्रयोगशाला निरीक्षक ईश्वरी भुसालका अनुसार यो बसमा डिजिटल एक्सरे मेसिन जडान भएको छ। यसको प्रिन्ट निकाल्न पर्दैन। यो मेसिनले खिचेको एक्सरे इमेल, ह्वाटस एप र पेनड्राइभमा लोड गरेर जाँच गर्न जुनसुकै ठाउँबाट विशेषज्ञसम्म पठाउने सुविधा छ। खकार जाँच्ने माइक्रोस्कोपदेखि जिन स्पट मेसिन पनि बसमा जडान छ। यतिले पहिचान नभए छालाबाट क्षयरोग पत्ता लगाउने ‘मेनटक्स’ जस्ता अत्याधुनिक मेसिन पनि यसै बसमा जडान भएकोले यसलाई ‘क्षयरोग निवारण घुम्ती सेवा’ नामकरण गरिएको उहाँले बताउनुभयो। निर्देशक श्रेष्ठले यो बस मधेश प्रदेशलाई हस्तान्तरण गरिएकाले अब टोलबस्तीमै पुगेर सेवा दिन सकिने हुँदा क्षयरोग निवारणमा यसको महìवपूर्ण योगदान पुग्ने जानकारी दिन भयो। स्वास्थ्य टोली पुगेको पहिलो दिन मुसहर बस्तीका १०५ जनाले नाम दर्ता गरी जाँच सुरु गरिएको छ। बस्तीमा पुगेको ‘क्षयरोग निवारण घुम्ती सेवा’ बसबाटै सबै जनाको एक्सरे, खकार सङ्कलन र छालाबाट क्षयरोग पत्ता लगाउने ‘मनटक्स’ जाँच भइरहेको भुसालले बताउनुभयो।  साभार : गोरखापत्र

`
12 comments
जनकपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार

जनकपुरधाम, जेठ ५ गते । जनकपुरधामस्थित मिल्स एरियामा आज विहान कारको ठक्करबाट पत्रकार सिबेन्द्र रोहिता यादवको मृत..

12 मिनट पहिले

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सक..

काठमाडौं,जेठ ४ गते  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय सम..

16 घन्टा पहिले

छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको छ: प्रव..

काठमाडौं,जेठ ४ गते ।  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका ..

16 घन्टा पहिले

जानकी नवमीको अवसरमा जनकपुरधाममा धार्मिक मेला

जनकपुरधाम,  जेठ ४ गते ।  जानकी नवमीको अवसरमा आज जनकपुरधाममा विशेष धार्मिक मेला लागेको छ । प्रत्येक वर्ष वैशाख श..

17 घन्टा पहिले

सचिवमा बढुवा भए लेखनाल पौड्याल र राजेन्द्रप्रसाद मिश्र

काठमाडौं, जेठ ३ : सहजसचिवद्वय लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्र सचिवामा बढुवा भएका छन्। बिहीबार बसेको मन्त..

2 दिन पहिले