Janakpurdham
Thu, Aug 06, 2026
`

ओमानसँग नेपाल सुपर ओभरमा पराजित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,कार्तिक १९ गते ।  किर्तिपुरमा जारी आइसीसी टि–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमानसँग सुपर ओभरमा पराजय व्यहोरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पच्छ्याएको नेपालले १० रन मात्र बनाउन सक्यो ।यसअघि नियमित २० ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १८४ रन बनाएकोमा जवाफी ब्याटिङ गरेको ओमानले पनि १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।ओमानका लागि कश्यप प्रजापतिले सर्वाधिक ६३ रन बनाए । अकिब इल्यासले ३३, जीसन मकसूदले २६, मोहम्मद नदीमले २४, आयन खान र मेहरन खानले समान १० रन बनाए ।नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी, गुलशन झा, अविनाश बोहरा र विवेक यादवले १–१ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।नेपालको लागि गुलशन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नटआउट ५२ रन बनाए । कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दिप जोराले १० रन बनाए ।ओमानका लागि बिलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इल्यासले २ र जीसन मकसूदले १ विकेट लिए । नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेकोले यो खेल दुवैका लागि प्रतिष्ठाको मात्र विषय हो ।साभार : डिसी नेपाल

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

13 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

13 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले