Janakpurdham
Wed, Aug 05, 2026
`

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र नागरिक सुरक्षामा गम्भीर प्रश्न

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक सुरक्षाको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेसले सरकार बलियो, स्थिर, पारदर्शी र उत्तरदायी होस् भन्ने चाहना राखेको स्पष्ट पार्दै त्यसलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे ।

‘सरकार शुसान पारदर्शिता उत्तरदायित्व आधारमा बलियो र स्थिरता होस भन्ने चाहाना राख्नु हाम्रो कमजोरी हो,’ उनले भने, ‘कुनै पनि दलको वा सरकारको आन्तरिक मामिलामा टिप्पणी गर्न चाहदैनै तर सरकारको गतिविधिले समग्र लोकतान्त्रिक प्रणाली संवैधानिक मूल र नागरिक अधिकार माथि प्रश्न उठेको बोला मा हामी मौन रहन पनि सक्दैनौँ ।’ 

उनले कांग्रेसले कुनै पनि दल वा सरकारको आन्तरिक मामिलामा टिप्पणी गर्न नचाहे पनि सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य–मान्यता र नागरिक अधिकारमाथि प्रश्न उठिरहेका बेला मौन बस्न नसकिने बताए ।

प्रवक्ता चालिसेले सरकारको कार्यशैली, निर्णय प्रक्रिया तथा सुशासनका क्षेत्रमा देखिएका कमजोरी सच्याउन आवश्यक रहेको भन्दै कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । उनले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको उदाहरण दिँदै उक्त घटनामा सरकारले संयमता र जवाफदेहिता दुवै गुमाएको आरोप लगाए । पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका घटनाले सरकारी सुरक्षा प्रणालीको कमजोरी र नीतिगत अस्पष्टता उजागर गरेको तथा त्यसका कारण नागरिकको सुरक्षा थप असुरक्षित बनेको उनको बताए । 

‘सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनमा सरकारले सम्यन्ता पनि गुमायो जबाफदेहिता पनि सरकारको देखिएन,’ उनले भने, ‘पछिल्लो देशको विभिन्न स्थानमा देखिएको सरकारी सुरक्षा प्रणालीको कमजोरी र सुरक्षा अविज्ञता नीतिगत अविज्ञताले नागरिक सुरक्षा लाई थप असुरक्षित गरेको छ ।’ 

सुनसरीको लाहान घटनामा समेत राज्य प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउँदै उनले सरकारका जिम्मेवार व्यक्तिहरू सामाजिक सञ्जालमा सीमित भएको आरोप लगाए । 

प्रवक्ता चालिसेले राष्ट्रमा देखिएको संकट कुनै एक सरकार वा राजनीतिक दलको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा चुनौती भएको बताए ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

1 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

1 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले