एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा हो - नेता योगी
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
तामाकोशी ।
नेपाल कम्युनिस्ट पार्टी तामाकोशी गाउंपालिका वडा नं. ४ को वडा भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले दिपक केसी (सेक्रेटरी) को नेतृत्वमा १७ सदस्यीय वडा समिति निर्वाचित गरेको छ अन्य सदस्यहरुमा गोरे आछामी, कुमार भुजेल, दिपक खड्का, कुमार मुग्राती, मनोज भुजेल, लाल प्रसाद पान्डे, टोपेन्द्र नाथ योगी, गोपाल मुग्राती, होमकुमार श्रेष्ठ, गोमा केसी, रामबहादुर मिजार, बिष्णुबहादुर मिजार, कृष्ण बहादुर खड्का, पोक्चाबहादुर मिजार, पदमबहादुर खत्री, पहलमान मिजार निर्वाचित हुनु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु गैरागाउँमा भउको भेलामा माओवादी केन्द्रका ६ जना नेता, कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको बताइएको छ ।
भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम पार्टीका बिशेश कमिटी सदस्य अर्जुन योगीले एकीकृत जनक्रान्ति नै २१ औं शताब्दीको बैज्ञानिक कार्यदिशा भएको बताउँनु भयो । उहाँले अब चांडैनै नेपालमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बैज्ञानिक समाजवादको स्थापना हुने बताउँनु भयो । मन्तव्यका क्रममा उहाँले माओवादी केन्द्रबाट समाहित हुने नेता, कार्यकर्ता एवम निर्वाचित वडा कमिटीलाई बधाई दिदै प्रतिगामी तत्वहरु, प्रतिक्रान्तिकारी तत्वहरुका विरुद्धमा निर्ममतापुर्वक लड्नका निमित्त अपिल गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवम पार्टीका दोलखा जिल्ला सदस्य सिताराम उप्रेतीले बधाई मन्तव्य राख्नु भएको थियो । पार्टीका जिल्ला समिती सदस्य राजकुमार लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा दिपक के सी. को अध्यक्षता रहेको थियो ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
17 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
17 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले