Janakpurdham
Sun, Apr 19, 2026
`

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,मंसिर ४ गते ।  जनकपुरधाम । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका ब्रतालुहरु आज उदाउँदो सूर्यदेवलाई एकाविहानै अर्घ चढाएका छन् । योसंगै छठ पर्व विधिवत रुपमा सकिएको छ ।चिसो मौसममा जलाशयमा बसेर करिब घण्टौंको पूजापाठ र प्रतिक्षापछि सूर्यदेव दर्शन दिए । लगत्तै छठ ब्रतालुहरु एकएक गरी पूजा सामग्री तथा प्रसाद सूर्यदेवलाई चढाए । ब्रतालुहरु अब अर्कोवर्ष पुनः पूजा गर्ने प्रण गर्दै छठी मैयाको नाममा दियो चलाउने गरिन्छ ।छठको पहिलो दिन ुनहाय खायु, र दोस्रो दिन खरना गरेका ब्रतालुहरु हिजो अस्ताउदो सूर्यदेवलाई अर्घ चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउदो सूर्यदेवलाई अर्घ दिए । 

 छठ हिन्दूहरुको एक महत्वपूर्ण पर्व हो । प्रायः सबै हिन्दूले छठ श्रद्धापूर्वक मनाउछन् । पछिल्लो समय केहि मुस्लिम समुदायले पनि छठ मनाउन थालेका छन् । त्यसैले यो साझा पर्व बन्दै गएको छ ।मधेश प्रदेशको जनकपुरधाम र वीरगञ्जमा छठ विशेष धुमधामसंग मनाइएको छ । यहांका जलाशयहरुमा लाखौं खर्चिएर आकर्षक छठघाट बनाइएको थियो ।छठ व्रत गरेमा दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने जनविश्वास छ । सन्तान प्राप्ति भएपछि कतिपय ब्रतालु आँचल ९अचरा०मा नाच गराउँछन् । कतिपयले सास्टाङ्ग प्रणाम गर्दै छठघाट पुग्छन् ।साभार : नेपाल प्रेस

`
12 comments
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..

जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..

6 घन्टा पहिले

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..

6 घन्टा पहिले

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

1 दिन पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

1 दिन पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

2 दिन पहिले