इको भिलेजको स्थानीयकरणका लागि प्रदेश स्तरीय परामर्श बैठक सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, मंसिर ८ गते । दिगो विकास लक्ष्य प्राप्तिका लागि पर्यावरण मैत्री नमुना गाउँ(इको भिलेज)का लागि काम गरिरहेको ओरेक नेपालले शुक्रबार जनकपुरधाममा प्रदेश स्तरीय पराकर्श बैठक सम्पन्न गरेको छ । ओरेक नेपालका कार्यक्रम निर्देशक सुनिता मैनालीको अध्यक्षतामा भएको सो परामर्श बैठकमा बोल्दै सहभागीहरुले संचालनमा रहेको पर्यावरण मैत्री नमुना गाउँ कार्यक्रम अन्तरगत भैरहेको कामका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।ओरेक नेपालले कोशी तथा मधेश प्रदेशमा संचालन गरेको पर्याबरण मौत्रि नमुना गाँउ (ईको भिलेज)को अबधारण बिस्तार गर्दै दिगो बिकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने उदेश्यले सिराहा ,धनुषा महोतरी, सर्लाही जिल्लाको र कोशी प्रदेशका उदयपुर जिल्लाको बिभिन्न गाँउपालिका तथा नगरपालीकामा रहेका छन् । ती ११ वटा पालिका अन्तर्गत ईको भिलेजका सदस्यहरुले इको भिलेज कार्यक्रम अनतर्गत विभिन्न चरणहरुमा भएको कामको असरले दिगो विकास लक्ष्यका लागि हुने सहयोगका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराएको ओरेक महोत्तरी जिल्ला संयोजक बिणा सिंहले जानकारी दिनुभयो । सो कार्यक्रममा मधेश प्रदेशमा रहेका कृषि भुमि ब्यबस्था तथा सहकारी मन्त्रालय उप—सचिब, जनकपुरधाम उपमहानगरपालिकाका उप—प्रमुख किशोरी साह तथा ईको भिलेज संचालन भएको पालिका का वडा अध्यक्षहरु सहित ५२ जनाको उपस्थिति रहेको थियो । प्रदेश स्तरिय परामर्श बैठक कार्यक्रम संचालन गरि बंैठकबाट आएको निष्कर्षहरुको आधारमा कोशी तथा मधेश प्रदेशको बिभिन्न स्थानिय तहमा रहेका पर्याबरण मौत्रि नमुना गाँउ(ईका)े भिलेजहरुको बिस्तार प्रबद्धन तथा आद्यावधिक योजना सहित घोषणको लागि प्रदेश तथा स्थानिय सरकार संग विभिन्न मागहरु राखिएको आयोजकले जनाएको छ ।
सीमा तनाव समाधान र भन्सार नीति सुधार गर्न सरकारसँग संवाद..
जनकपुरधाम, बैशाख ५ गते । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमामा देखिएको पछिल्लो तनाव व्यवस्थापन गर्दै भन्सार..
3 घन्टा पहिले
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्र..
काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउ..
3 घन्टा पहिले
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
1 दिन पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
1 दिन पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
2 दिन पहिले