Janakpurdham
Thu, Aug 06, 2026
`

सीताराम विवाहपञ्चमीका अवसरमा अन्नबाट कीर्तिमानी प्रतिमा बनाइँदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मङ्सिर २५ गते । जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो ।  प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सहर जनकपुरधामलाई विश्वभर चिनाउन ११ प्रकारका अन्न प्रयोग गरी २१ लाख २३ हजार रुपियाँको लागतमा रङ्गभूमि मैदान (बाह्र बिघा) रामजानकी प्रतिमा स्थापना गर्न लागिएको हो । प्रतिमा निर्माणमा चामल २५ क्विन्टल, गहुँ छ क्विन्टल, सोयाबिन छ क्विन्टल, चना १८ क्विन्टल, उरद (मास) को दाल १८ क्विन्टल, चना दाल चार क्विन्टल, अरहर चार क्विन्टल, समुर दाल चार क्विन्टल, मकै तीन क्विन्टल, मुमफली दुई क्विन्टल र मुङ दाल १२ क्विन्टल गरी १२ लाख ६८ हजार रुपियाँको ११ प्रकारका अनाज प्रयोग गरिने श्री सीताराम अनाज प्रतिमा निर्माण समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो । भारतको अयोध्यामा बनाइएको नौ हजार स्क्वायर फिटको रामजानकीको प्रतिमाबाट प्रेरित भएर जनकपुरधाममा पनि त्योभन्दा ठुलो प्रतिमा बनाउन थालिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । जनकपुरधाममा पर्यटक भिœयाउन र जनकपुरधामलाई विश्वसामु चिनाउन प्रतिमा निर्माण गर्नु उत्तम उपाय रहेको साहको भनाइ छ । प्रतिमा निर्माणमा प्रयोग हुने अनाजमध्ये ९० प्रतिशत अनाज पुनः काम लाग्ने र १० प्रतिशत अनाज पिसेर गौशालामा गाईवस्तुलाई खुवाउन सकिने निर्माण समितिको सल्लाहकारसमेत रहनुभएका साहको भनाइ छ । ऐतिहासिक रङ्गभूमि मैदान बाह्र बिघाको उत्तरी पूर्वी कुनामा बनाइने प्रतिमा छ इन्च माटो भरेर समतल बनाई करिब तीन कट्ठा क्षेत्रफलमा कार्पेट ओछ्याएर बनाइने छ । प्रतिमा निर्माणका लागि अयोध्यामा रामसीताको प्रतिमा बनाई विश्व रेकर्ड बनाएका भारत मध्यप्रदेशका कलाकार सतीश गुर्जरको टोलीलाई बोलाइएको निर्माण समितिले जनाएको छ । आइतबार सुरु गरिएको प्रतिमा निर्माण चार दिनमा सम्पन्न हुने छ । आगामी बुधबारदेखि नागरिकले प्रतिमा हेर्न सक्ने प्रतिमा निर्माण कलाकार सतीश गुर्जरले बताउनुभयो । प्रतिमा निर्माणका लागि आवश्यक पर्ने अनाज विभिन्न व्यक्ति र सङ्घ संस्थाले सहयोग गरेका छन् ।  साभार : गोरखापत्र

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

12 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

12 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले