Janakpurdham
Sat, Apr 18, 2026
`

अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष ३ गते ।  विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम आएका एक जोडीले जानकी मन्दिरमै विवाह गरेका छन् ।विश्व हिन्दू परिषद्ले सोमबार राति बिना दाइजो २१ जोडीको एक समारोहबीच जानकी मन्दिरमा सामूहिक विवाह गरायो । विवाह विधि भइरहँदा दुलाहाको भेषमा सज्जिर सतिष गुर्जर आइपुगे । विवाह समारोह हेर्न पुगेका सबैको ध्यान उनले तान्यो ।सतिषलाई देखेर सहभागी सबै चकित परे । किनकि सतिष अनाजबाटै सीता-रामको विशाल प्रतिमा बनाउने टिमको नेतृत्व गरेका थिए । उनी कोसँग विवाह गर्न लागेको कुरा बुझ्न सबै कौतूहल बने ।एक छिनमै पहिलेदेखि दुलहा-दुलहीबीच वैदिक परम्परा अनुसार माला फेराफेर भयो । जसलाई ‘स्वयम्वर’ भनिन्छ । स्वयंवर सकेपछि सतिषले भने, ‘यहाँ सीता-रामको प्रतिमा बनाउन आएका थियौँ । तर यो पवित्र भूमिमा विवाह गरे । सायद भगवानकै इच्छा थियो । यो मेरो लागि ठूलो सौभाग्य प्राप्त भयो । सतिषले भारतको मध्य प्रदेशकै यागिनी गुर्जरसंग विवाह गरेका हुन् । यागिनी पनि सतिषकै टिममा सीता-राम प्रतिमा बनाउन आएकी थिइन् । उनीहरू पहिलेदेखि एकअर्कालाई प्रेम गर्थिन् । तर बिहे नै गर्ने टुङ्गो थिएन ।सतिष र यागिनी एकै गाउँको रहेको बुझिएको छ । सतिषले यहाँ स्वयंवर गरेको र गाउँ पुगेपछि परम्परा अनुसार विवाह गर्ने बताए ।सामूहिक विवाह अगाडी सबै बेहुलालाई रथमा बाजागाँजासहित जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । त्यसपछि जानकी मन्दिरको प्राङ्गणमा राम-सीताको विवाह भएकै मण्डपमा उनीहरूलाई सामूहिक स्वयंवर गरियो ।विश्व हिन्दू परिषद्ले केहि वर्षदेखि बिना दाइजो विवाह पञ्चमीको अवसरमा सामूहिक विवाहको आयोजना गर्दै आएको छ । विवाह गरेका बेहुला र बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य आवश्यक वैवाहिक सरसमान परिषद्ले निःशुल्क उपलब्ध गराए ।यो सीता-रामको ११ हजार ११ वर्गफिटको प्रतिमा अनाजबाटै बनाएका थिए सतिष नेतृत्वको टीम । यो प्रतिमा विश्व रेकर्डको प्रतिक्षामा छ ।

`
12 comments
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

20 घन्टा पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

20 घन्टा पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

2 दिन पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

2 दिन पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

3 दिन पहिले