माघ दोस्रो सत्तादेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुष १७ गते । जनकपुरधाममा माघ दोस्रो सात्तादेखि दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा माघ १२ गतेदेखि बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय मान्यता अनुसार प्रतियोगिता हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । उनका अनुसार यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहनेछन् । स्थानिय स्त्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए । यसले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ । प्रतियोगितामा उतकृष्ट प्रर्दशन गर्ने खेलाडीहरुको टिम बनाएर नियमित (शनिवार) अभ्यास खेल खेलाइने संयोजक साहले जानकारी दिए । यसअघि भएको प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नियमित अभ्यास गरिरहेका छन् । प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने उनले आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिने छन् । प्रतियोगिताको निर्देशक हिरा भगत छन् । उनी मधेश प्रदेश क्रिकेट संघका निर्वतमान अध्यक्षसमेत हुन् । आयोजक संस्थाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनी बाहिर भएको कारण अनउपस्थित थिए । गत वर्ष यो प्रतियोगिताको उपाधि गोगल प्रसाद उच्च मावि जितेका थिए । मंगलबार नै धनुषाको क्रिकेट टिम प्रधानमन्त्री कप छनौट प्रतियोगिता खेल्न पर्सा गएको छ । हरिशंकर साहको नेतृत्वमा गएको टिम पहिलो म्याच पर्सासंग खेल्नेछन् । पछिल्लो समय जनकपुरधाममा पुनः खेल क्रेज बढ्दै गएको छ । नियमित प्रतियोगिता र अभ्यासहरु भइरहेका छन् । अभिभावकहरुको पनि रुची र लगानी बढेको देखिन्छ । तर, सरकारले संतोषजनक लगानी नगरेको खेलमा आवद्ध युवाहरुको गुनासो छ ।
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
17 घन्टा पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
17 घन्टा पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
2 दिन पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
2 दिन पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
3 दिन पहिले