बसबिट्टीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस २१ गते । जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीमा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय भन्दा बढी जनाले लाभ लिएका छन् । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि. बसबिट्टी को आयोजना तथा म्याक्स लाईफ अस्पताल जनकपसरधामको सहयोगमा भएको सो निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा ७० प्रतिशत भन्दा बढी महिलाहरु उपचार गराएको संस्थाका पुर्व उपाध्यक्ष तथा वडा नं. २२ का वडाध्यक्ष बिमलेश मिश्राले जानकारी दिनुभयो । बशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धर्मेश प्रसाद ठाकुरको बिशेष पहलमा बिहान १० बजे देखि दिउसो ४ वजे सम्म सफलतापूर्वक सञ्चालन भएको सो शिविरमा म्याक्स लाईफ अस्पतालका चिकित्सकहरुले विरामीहरुको उपचार गरेका थिए । शिविरमा सरकारी संस्थाका शेयर सदस्य तथा अन्य ग्रामिण २ सय ३५ जनालाई विभिन्न प्रकारका रोगहरुको जाँच गरिएको संस्थाका संस्थापक लालबाबु मिश्रले जानकारी दिनुभयो । सहभागीहरुलाई जेनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, बाल रोग, हाड जोर्नी तथा नशा रोग विशेषज्ञहरुले चेकजाँच गर्नुका साथै ल्याब जाँच अन्तरगत मधुमेह, पिसाब जाँच, रक्तचाप ईसीजी लगायतका जाँच समेत गरिएको संस्थाका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
15 घन्टा पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
15 घन्टा पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
2 दिन पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
2 दिन पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
3 दिन पहिले