Janakpurdham
Thu, Aug 06, 2026
`

तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपब बस्नेत
चैत्र १३, तामाकोशी ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले एकै दिन चारवटा सेवा केन्द्र र एक संग्रालय उद्घाटन गर्नुभएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा एकैदिन जेष्ठ नागरिक मिलन केन्द्र, कृषि उपज तथा दग्ध संकलन केन्द्र, स्वास्थ्य प्रयोगशाला सेवा, गहते सामुदायिक स्वास्थ्य इकाई र जनजाति (नेवार) संग्रालयको एकै साथ उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष इश्वर चन्द्र पोखरेलले जेष्ठ नागरिकको संक्षणको लागि सुरुवाति चरणमा काम थालिएको आगामि दिनमा यसलाई बढाउँदै लानु पर्ने बताउँनु भयो ।
गाउँपालिकाको २५ लाख लागतमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक मिलन केन्द्रमा जेष्ठ नागरिकका लागि टेलिभिजन, बाद्यावादकका सामान, पौराणिक किताव, धार्मिक किताव, बस्नको लागि उचित व्यवस्था गरिएको छ भने स्वास्थ्य परिक्षणका लागि एक जना स्वास्थ्य कर्मीको व्यवस्था गरिने बताइएको छ । जेष्ठ नागरिकका लागि दिनको समयमा उपस्थित गराएर भलाकुसारी गर्ने, भजनर्कितन गराउँने, पौराणिक किताव पढ्ने वातावरण बनाउँने, पत्रपत्रिका उपलव्ध गराउँने लगाएतको व्यवस्था गरिएको छ । गाउँपालिकामा जेष्ठ नागरिक मिलन केन्द्र संचालनमा आएपछि समय कटाउँन सजिलो हुने स्थानिय जेष्ठ नागरिकको भनाई छ ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

22 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

22 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले