सर्वोच्च अदालत भन्छ- जनयुद्ध दिवसमा बिदा दिने स्थानीय निकायविरुद्ध मुद्दा परे हामी बोल्छौँ
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,फागुन १ गते । सर्वोच्च अदालतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने केन्द्रीय सरकारको निर्णय खारेज गरे पनि मङ्गलवार केही स्थानीय निकायले त्यसको अवज्ञा गर्दै बिदा दिएका छन्।अदालतको आदेशपछि केन्द्रीय सरकारले पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको थियो। तर स्थानीय निकायले छिटफुट बिदा घोषणा गरेर जनयुद्ध दिवस मनाइरहेका छन्। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले मुद्दा परेपछि मात्र अदालतले यस विषयमा बोल्ने बताए।
‘हामीले अहिले धारणा दिनेभन्दा पनि मुद्दा पर्यो भने अदालतले बोल्छ। अदालत आफैले पनि अवहेलनाको मुद्दा हाल्ने व्यवस्था छ तर हाम्रोमा त्यति अभ्यासमा छैन’, उप्रेतीले भने।उनले सार्वजनिक बिदा दिने गाउँपालिकाविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको जानकारी पाएको पनि बताए।‘दर्ता नभई त बोल्न भएन तर तयारी छ भन्ने चाहिँ सुनेको छु’, उनले भने।यसअघि बागमती गाउँपालिकाले दिएको सार्वजनिक बिदा उच्च अदालत पाटनले खारेज गरेको थियो। संविधानविद् विपिन अधिकारीले जनयुद्ध दिवसका अवसरमा स्थानीय निकायले सार्वजनिक बिदा घोषणा गर्नु अदालतको अवहेलना हुने बताए।
उनले राज्य, कानुन,प्रणाली केही होइन भन्ने अवस्था देखिएको बताए। ‘अदालतको जे दृष्टिकोण हो, नेपाल सरकारको त्यही दृष्टिकोण हुनुपर्छ। गृह मन्त्रालयले सर्कुलर जारी गर्नु पर्थ्यो। केही अस्पष्ट भए स्थानीय निकायले माथि बुझ्नु पर्थ्यो। तर यहाँ प्रधानमन्त्री नै अदालतको आदेश उल्लङ्घन गर्न उद्धत देखिन्छन्’, अधिकारीले भने।
साभार : नेपाल प्रेस
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
8 घन्टा पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
8 घन्टा पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
1 दिन पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
1 दिन पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
2 दिन पहिले