नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुर साहित्य महोत्सव सुरु हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन ८ गते । मधेश प्रदेश जनकपुरधाममामा त्रिदिवसीय जनकपुर साहित्य महोत्सव–२०८० पांचौ संस्करण फाल्गुन १० गतेदेखि सुरु हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा फाल्गुन १०, ११ र १२ गते राम मन्दिरको प्राङ्नमा तीन दिने महोत्सव हुने पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । नव मिथिला फाउनडेसनको अध्यक्ष तथा संयोजक अमित साहले विगत चार वर्षदेखि जानकी मन्दिर प्राङगनमा हुने महोत्सव केही प्राविधिक कारणले स्थान परिवर्तन भएको बताए । अध्यक्ष साहले महोत्सवमा शिक्षा, स्वास्थ्य, साहित्य, नीति, अर्थतन्त्र, सुशासन, खेलकुद, सम्पदा, संस्कार जस्ता विषयहरुमा गहन छलफल गरिने ध्यानाकर्षण गराए । उनले फाउण्डेसनको हुनलागेको पांचौ जनकपुर साहित्य महोत्सवमा विभिन्न विषयहरुको उठान गरि १८ वटा प्यानलमा छलफल गरिने धारण राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कालाकारहरुद्वारा सांगितिक मनोरंजन उत्साहका साथ प्रस्तुती गरिने बताए । नव मिथिला फाउनडेसनको उपाध्यक्ष आदित्य नेपालले महोत्सवमा करिब ४० लाख खर्च हुने जनाए । उनले महोत्सवमा हुने विभिन्न सत्रका बारेमा उल्लेख गर्दै उदघाट्न सत्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साहद्वारा स्वागत मन्तव्य दिईने बताए । श्री महाबीर यूवा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले साहित्य महोत्सवको आयोजनाले जनकपुधाममा पर्यटकिय आवागमनको संगै कला–संस्कृतिको समुच्चित विकास हुने बताए । उनले नव मिथिला फाउन्डेसनलाई स–हृदय धन्यवाद ज्ञापन गर्दै महोत्सवमा भाग लिन सवैलाई आग्रह गरे ।
.jpg)
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..
काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..
4 घन्टा पहिले
शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन
काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..
4 घन्टा पहिले
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
1 दिन पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
1 दिन पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
2 दिन पहिले