भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ३५२३ को मृत्यु
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।
त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन् ।
भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६९ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३२ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ११ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।
भारतमा बुधबारसम्ममा १५ करोड ४९ लाखभन्दा बढीले खोप लगाएका छन् ।
आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छु : मन्त्री खड्..
काठमाडौं, पुस २५ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि लागेको आरोप प्रमाणित गरे राजनीतिबाट सन..
14 घन्टा पहिले
लामिछानेसहित सातै जनालाई छाड्न आदेश, अदालतले कोसँग कति ध..
काठमाडौं, पुस २५ : सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की अदालतले रवि लामिछ..
14 घन्टा पहिले
मुख्यमन्त्री सिंहलाई सत्तारुढ कांग्रेसकै सांसदले भने- ..
जनकपुरधाम, पुस २४ गते । मधेश प्रदेशका सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख..
2 दिन पहिले
मधेश प्रदेश सरकारले एक हजार एकासी सहिद परिवारको बिमा गर्..
जनकपुरधाम, पुस २४ गते ।मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शह..
2 दिन पहिले
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दै..
काठमाडौँ , पुस २३ गते । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भ..
3 दिन पहिले