Janakpurdham
Sat, Apr 18, 2026
`

धनुषाका धनाैजी गाउँपालिकामा विद्यार्थीको लागि मिथिला चित्रकला तालिम सञ्चालन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`


दिपेश मल्लिक

जनकपुरधाम, फागुन १२ गते । धनुषा जिल्लाको धनौजी गाउंपालिका वडा नं. २ मा ज्ञान ज्योती ई. बोर्डिङ्ग स्कूलद्वारा ४ दिने मिथिला चित्रकला तालिम शुरु भएको छ ।
विद्यार्थी भाइबहिनीहरुका लागि मिथिला चित्रकला तालिमको आयोजना शनिवार देखि शुरु भएको हो ।
धनौजी गाउंपालिकाकी उपाध्यक्ष रामबती मण्डलले मिथिला चित्रकला तालिमको आयोजनाले विद्यार्थीभाइबहिनीहरुमा दक्षता अभिवृद्धि हुनुको साथै सिर्जनशील र रचनात्मक सोचको विकास हुने बताईन।
उपाध्यक्ष मण्डलले विद्यार्थीमा लुकेको प्रतिभाको पहिचान संगै आत्मविश्वास बढ्ने ध्यानाकर्षण गराईन।


उनले सामूदायिक तथा संस्थागत विद्यालयमा बालबालीकाे क्षमता  बिकासका लागि अतिरिक्त क्रियाकलापहरु हुनु जरुरीरहेका बताउंदै पालिकाद्वारा सहयोग गरिने प्रतिबद्धता गरिन ।
उनले विद्यार्थीहरुका शारीरिक, मानसिक, सामाजिक, सिर्जनशील र रचनात्मक  विकास गर्न चित्रकला, बादविवाद, हाजिरीजवाब, गीत-संगीत आदि कार्यक्रमहरु समय-समयमा हुनुपर्ने बताईन ।
ज्ञान ज्योती ई. बोर्डिङका स्कूलका ब्यवस्थापक तथा प्रिन्सिपल दिपेन्द्र कुमार मण्डलले विद्यार्थीहरुका प्रतिभा उजागर गर्नका लागि निःशुल्क तालिमको ब्यवस्था गरिएकाे बताए ।


प्रिन्सिपल मण्डलले कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरुका लागि मिथिला चित्रकला तालिमको ब्यवस्था विद्यालयद्वारा गरिएको जानकारी दिए ।
उनले शिक्षा योजनामा अतिरिक्त क्रियाकलापलाई पाठ्यपुस्तकमा अनिवार्य गराउनुपर्ने धारणा राखे ।
उदघाट्न कार्यक्रममा धनाैजी गाउपालिका लाेसपा अध्यक्ष उपेन्द्र मंडल, वडा नं. ४ का वडाध्यक्ष रामसाेभित मण्डल, वडा सदस्य राेशन मिश्र, पुर्व वडाध्यक्ष रामदुलार मण्डल , महिला प्रशिक्षक सूयकला साह लगायतका व्यक्ति  उपस्थित रहेका थिए ।

 

`
12 comments
कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विर..

काठमाडौं, वैशाख ४ : कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समी..

4 घन्टा पहिले

शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं, वैशाख ४ : प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वत..

4 घन्टा पहिले

संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

1 दिन पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

1 दिन पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले