Janakpurdham
Thu, Aug 06, 2026
`

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, फागुन २९ : राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्।

राष्ट्रिय सभामा मंगलबार  भएको मतदानमा मतदानमा ५६ जना सांसद उपस्थित रहेकाेमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत हाे।

सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन्। सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार रहेका दाहाललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए। निर्वाचित दाहाल राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

यसअघि राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियाे। उनी कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए।

मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन। राष्ट्रिय सभामा जनमोर्चाका एक जना मात्र सदस्य छन्। ती सदस्य तुलप्रसाद विश्वकर्मा हुन्। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बोलाइएको छ । 

साभार : काठमाडौं प्रेस

`
12 comments
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

32 सेकंड पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले