Janakpurdham
Thu, Aug 06, 2026
`

बाबुरामको पार्टी बिभाजित, महेन्द्रराय र गंगानारायण माओवादीमा समाहित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, ,चैत ३ गते ।  बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टी बिभाजित भएको छ । सो पार्टीका 'बरिष्ठ नेता' महेन्द्रराय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी बिभाजित भएको हो । 

यादवसहित भट्टराइले लामो समय देखी साथ दिदैँ आएका गंगानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरूङ तथा नेसपाका अध्यक्ष महेन्द्रराय यादव, सह अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी एकता गर्ने सहमति गरेको छ’ बैठक पछि जारी प्रेस नोटमा भनिएको छ, ‘पार्टीको नयाँ नामको सन्दर्भमा आगामी महाधिवेसनमा टुंगो लगाउने निर्णय गरिएको छ ।’

सो पार्टी एकताका लागि बैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । जसअनुसार कार्यदलमा माओवादीका तर्फवाट महासचिव गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपावाट सह अध्यक्ष श्रेष्ठ र महासचिव यादव सदस्य रहेको जनाइएको छ ।

baburam.jpg

साभार : मिडिया डबली

`
12 comments
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

13 सेकंड पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले