जनकपुरधामकाे न्युराे हस्पिटल तथा रिसर्च सेन्टरले आगलागि पीडितहरूलाई राहत सामाग्री वितरण गरे
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, वैशाख १३ गते ।जनकपुरधामको न्युरो हस्पिटल तथा रिसर्च सेन्टरले महोत्तरीको मटिहानीमा आगलागीबाट पीडितहरुलाई राहत सामाग्री वितरण गरेको छ । न्युरो हस्पिटलको एक टिम बिहिबार मटिहानी नगरपालिका वडा नं. ६स्थित जरलहवा वस्तीका आगलागि वाट पीडित भएका परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
अस्पतालका संचालक डा. विजय राउतको नेतृत्वमा पुगेको टोलीले पीडितहरुलाई साडी, गम्छा, चामल, विस्कुट लगायतका राहत सामाग्री वितरण गरेकाे छ ।
जरहवा वस्तीका आगलागीबाट पीडित १ सय १० भन्दा बढी परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । पीडित परिवारलाई सो राहत सामाग्री मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले हस्तान्तरण गरेका छन् । उनले आफ्नो नगरको आगलागी पीडितलाई अस्पतालले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
अस्पतालका संचालक राउतले यो विपदको घडीमा सबैले पीडितका लागि सहयोगी हात आगाडी बढाउनु पर्छ भन्ने अभिप्रायले राहत सामाग्री वितरण गरेको बताए । उनले अन्य सहयोगी हातहरुलाई समेत आगलागीबाट पीडितहरुको सहयोगका लागि आग्रह गरे ।
राहत सामाग्री वितरणका लागि अस्पतालका संचालिका विभा राउत, चेयरमैन अजय राउत, सूचना अधिकारी संजय मण्डल लगायतका उपस्थितिमा राहत सामग्री वितरण गरिएका छन् ।
मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछीमा रहेको बस्तीमा डेढसय भन्दा बढी घर आगलागिवाट जलेर नष्ट भएका छन् ।
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..
काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..
21 घन्टा पहिले
साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी
जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..
21 घन्टा पहिले
अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..
जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..
2 दिन पहिले
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..
2 दिन पहिले
नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..
काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..
3 दिन पहिले