Janakpurdham
Sat, Sep 19, 2026
`

उत्तरप्रदेशबाट अवैध रूपमा बिहार लगिएका ९५ बालबालिकाको अयोध्यामा उद्धार

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,

अयोध्या (भारत), वैशाख १५ :  उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैधरूपमा उत्तरप्रदेश लगिएका ९५ बालबालिकाको उद्धार गरेको छ। यस घटनाले बाल बेचबिखन बारेको चिन्तालाई प्रकाश पारेको छ।  

अयोध्या बाल कल्याण समिति (सिडब्ल्युसी) का अध्यक्ष सर्वेश अवस्थीले शुक्रबार उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीबाट घटनाको जानकारी पाएपछि सिडब्ल्युसीका सदस्यहरूले बच्चाहरूको उद्धार गरेको बताए। 

'बिहान नौ बजेतिर उत्तरप्रदेश बाल आयोगकी सदस्य सुचित्रा चतुर्वेदीले फोन गरेर बिहारबाट साना बच्चाहरूलाई अवैधरूपमा सहारनपुर लगिएको र उनीहरू गोरखपुरमा रहेको तथा अयोध्या हुँदै जान लागेको सूचना दिनुभएको थियो। हामीले उनीहरूको उद्धार गर्यौँ। उनीहरूलाई खाना दियौँ र चिकित्सा सहयोग गर्यौँ', अवस्थीले भने। 

उनका अनुसार उद्धार गरिएका बालबालिका चारदेखि १२ वर्ष उमेर समूहका छन्। 

'बालबालिका ल्याउनेहरूसँग उनीहरूको आमाबुबासँगको कुनै सहमतिपत्र थिएन, ९५ बालबालिकाको उमेर चारदेखि १२ वर्षको बीच छ र उनीहरूमा अधिकांशले आफूलाई कहाँ लैजान खोजिएको हो भन्नेबारे केही थाहा नभएको बताएका छन्, आमाबुबासँग सम्पर्क गर्ने प्रयास भइरहेको छ र बालबालिकाहरू आइपुगेपछि आमाबाबुलाई सुम्पिइने छ', अवस्थीले भने।

यसअघि बिहारका बालबालिकाहरूको एक समूहलाई मदरसाहरूमा पठाउँदै गर्दा उत्तरप्रदेशको बाल आयोगले गोरखपुरबाट उद्धार गरेको थियो। राष्ट्रिय बाल अधिकार संरक्षण आयोगको आदेशमा राज्य बाल प्यानलले उनीहरूको उद्धार गरेको थियो। 

राष्ट्रिय बाल अधिकार संरक्षण आयोग (एनसिपिसिआर) का अध्यक्ष प्रियाङ्क कानुनगोले सामाजिक सञ्जाल एक्सको एक पोस्टमार्फत बालबालिकाको उद्धार भएको सार्वजनिक गरेका छन्। 

'बिहारबाट अन्य राज्यका मदरसाहरूमा पठाइएका निर्दोष बालबालिकालाई एनसिपिसिआरको निर्देशनमा उत्तरप्रदेश राज्य बाल आयोगको सहयोगमा गोरखपुरमा उद्धार गरिएको छ', उनले भने, 'भारतको संविधानले हरेक बालबालिकालाई शिक्षाको अधिकार दिएको छ, प्रत्येक बालबालिकाका लागि विद्यालय जानु अनिवार्य छ, यस्तोमा गरिब बालबालिकालाई अन्य राज्यमा लगेर धर्मका आधारमा चन्दा कमाउन मदरसामा राख्नु संविधानको उल्लंघन हो।'

साभार : काठमाडौं प्रेस

`
12 comments
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

17 घन्टा पहिले

यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..

काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..

17 घन्टा पहिले

राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..

काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..

2 दिन पहिले

कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..

काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..

2 दिन पहिले

‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..

काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..

3 दिन पहिले