Janakpurdham
Fri, Apr 17, 2026
`

मधेशी अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिने प्रदेश स्तरिय प्रशिक्षक-प्रशिक्षण तालिम शुरू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ५ गते । मधेश प्रदेश जनकपुरधाममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी र दिगो विकासका लागि तीन दिने प्रदेश स्तरिय प्रशिक्षक–प्रशिक्षण तालिमको आयोजना भएको छ । अपाङ्ग समाज जनकपुरको आयोजनामा प्रदेश स्तरिय प्रक्षिक–प्रशिक्षण तालिम शनिवार देखि सञ्चालन गरिएको हो ।

मधेश प्रदेशका आठ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्थाका नेतृत्वकर्ताहरु तालिमा सहभागि रहेका राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष किरण कुमार पासवानले बताए । उनले समानता र समावेशीताका लागि मधेशी अपाङता भएको व्यक्तिहरुको अधिकारका लागि सराेकारवाला निकायहरूलाई आवाज उठाउन आग्रह गरे ।

अपाङ्ग समाज जनकपुरकाे अध्यक्ष शत्रुधन लाल कर्णकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिगाे विकास लक्ष्य र मधेशी अपाङ्गता भएका महिलाहरूकाे सवालमा वत्ताहरूले जाेड दिए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साह, नीति तथा याेजना आयाेग मधेश प्रदेशका सदस्य एवं माननीय रामचन्द्र पण्डित , राष्ट्रिय मानवअधिकार आयाेग मधेश प्रदेशकी रेखा दत्त, डीआरएफ नेपालका कार्यक्रम अधिकृत कृष्ण गहतराज लगायतका ब्यक्तिहरूले आ-आफ्ना मन्तब्य प्रकट गरेकाे थिए ।

`
12 comments
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

17 घन्टा पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

17 घन्टा पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

2 दिन पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

3 दिन पहिले