Janakpurdham
Fri, Apr 17, 2026
`

मधेशी अपाङ्गता भएका व्यक्तिहरूको प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण सम्पन्न  

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,८ गते जेठ ।मधेशका अपागता भएका मधेशी समुदायको समानता र समावेशिताका लागि संघर्ष गरिरहेका यस प्रदेशका आठै जिल्लाका ३० जना सहभागीता दिइएको तिन दिवसीय प्रशिक्षक प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।

डिसेवलिटी राइट फन्ड(डिआरएफ)को आर्थिक सहयोग र आपाङग समाज जनकपुरको आयोजनामा भएको उक्त तालिममा सहभागीहरुलाई दिगो विकासको स्थानीयकरणका निम्ति मधेशी अपाङगता भएका व्यक्तिहरुको संघसंस्थाका नेतृत्वहरुलाई अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि र दिगो विकासका लागि २०३० एजेण्डा तथा दिगो विकास लक्ष्यहरु सम्बन्धि प्रशक्षिण दिइएको आयोजक संस्थाका अध्यक्ष शत्रुघनलाल कर्णले जानकारी दिनुभयो ।

प्रशिक्षणको समापद सत्रमा बोल्दै मुख्य प्रशिक्षक तथा डिआरएफका नेपाल प्रमुख कृष्ण गहतराजले प्रशिक्षणमा सहभागीहरुले तिन दिन सम्म लिएका प्रशक्षिणपछि अब पालिकास्तरमा रहेका मधेशी अपाङगता भएकाहरुको हकहितका लागि समाङगहरु संग समन्वयमा सम्बादको माध्यमले समाजमा स्थापित हुन आग्रह गर्नुभयो । उहाँले तिन दिन सम्म दिगो विकासको स्थानीयकरणका निम्ति मधेशी अपाङगता भएका व्यक्तिहरुको संघसंस्थाका नेतृत्वहरुलाई अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि र दिगो विकासका लागि २०३० एजेण्डा तथा दिगो विकास लक्ष्यहरु सम्बन्धमा तालिम प्रदान गर्नुभएको थियो । सो तालिमको समापन सत्रमा बोल्दै आयोजक संस्था अपाङ समाज जनकपुरका अध्यक्ष शत्रुघनलाल कर्णले तालिममा सिकेका ज्ञानलाई पालिका स्तरमा गएर अपाङगहरुको हितमा काम गर्ने आग्रह गर्नुभयो ।

समापन सत्रमा राष्ट्रिय अपाङग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमान, राष्ट्रिय अपाङ महिला पुनसर््थापना केन्द्रका अध्यक्ष बिना चौधरी लगायत मधेश प्रदेशका जिल्लाहरुका अपाङगता संग जोडिएका संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

`
12 comments
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

17 घन्टा पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

17 घन्टा पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

2 दिन पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

3 दिन पहिले