धनुषामा क्रसरको फित्तामा बेरिएर एकको मृत्यु, एक घाइते
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,जेठ १० गते । धनुषामा सञ्चालनमा रहेको एक क्रसरमा उद्योगमा ढुङ्गा फोड्ने फित्तामा बेरिएर एक जना युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ मा सञ्चालनमा रहेको कमला स्टोन क्रसरमा युवकको शव ढुङ्गा फोड्ने मेसिनको फित्तामा भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नंं ६ गोदरका वर्ष २० को अर्जुन यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनु भएको छ ।
मजदुरका रुपमा काम गर्ने यादवको राति ढुङ्गा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । यसै गरि सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने वर्ष ४५ को खेमकुमार मगर घाइते भएको प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिनु भयो ।
मृतकका मामा खुसीलाल यादवले घटना हत्या हुन सक्ने शङ्का रहेको दाबी गरेका छन् । घटनापछि क्रसरका सञ्चालकहरू फरार भएको पीडितले जानकारी दिँदै यसको प्रभावकारी अनुसन्धानका लागि माग गरेको छ ।
यसै बीच मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउने काम भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
साभार : रेडियो नेपाल
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
21 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
21 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
2 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
5 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ