रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।
फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
1 घन्टा पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
1 घन्टा पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
3 दिन पहिले
सडकमा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउ
काठमाडौं, भदौ ९ : बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गाल..
3 दिन पहिले
नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि पनि खुला, आजदेखि प..
काठमाडौं, भदौ ८ : नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार चरणबद्ध रूपमा सुरु गरिएको छ। सोमबार बिहान ९ बजेद..
4 दिन पहिले