सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,जेठ १५ गते । नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।
सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ ।
दोस्रो पटक म्याद थपेकै दिन साँझ उनलाई उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले प्रादेशिक अस्पताल लगेको थियो ।
साभार : नेपाल प्रेस
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
21 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
21 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
2 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
5 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ