भारतमा भाजपा गठबन्धनलाई बहुमत अग्रता
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
एजेन्सी,
नयाँदिल्ली,जेठ २२ गते । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटका लागि भइरहेको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।
बहुमतका लागि २७२ सिट जिते पुग्नेमा एक सिटमा भाजपा निर्विरोध विजयी भएको थियो । ५४२ मध्ये ४९० सिटको गणनामा एनडीएले २७५ सिटमा अग्रता लिएको छ । विपक्षी कांग्रेस गठबन्धन इन्डियाले १९५ सिटमा अग्रता लिएको छ । बिहान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो ।
गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा दोस्रो लामो चुनाव सात चरणमा सकिएको थियो । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो । सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो । गत जुन १ तारिख (शनिबार जेठ १९ गते) चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको छ ।
५४३ सिटमध्ये एक सिटमा भाजपा निर्विरोध निर्वाचित भइसकेको छ । चुनाव सकिएपछि गरिएको इग्जिट पोलअनुसार नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकाल सरकार बनाउने देखाएको छ ।
सोहीअनुसार अहिले अग्रता पनि देखिएको छ । विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको हो । भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको छ । के एग्जिट पोलको नतिजा एक्ज्याक्ट पोलमा बदलिने लगभग पक्का छ ।
१२ एग्जिट पोलले एनडीएलाई ३५० भन्दा बढी सिट आउने दाबी गरेअनुसार २४२ सिटका लागि भएको मतदानमा बहुमतका लागि २७२ सिट जिते पुग्छ । एसएएएम–जनकी बातले एनडीएलाई ३७७ सिट जित्ने दाबी गरिरहँदा आईएनडीआईएलाई मात्र १५१ सिट जित्ने बताएको छ । त्यस्तै अन्यमा मात्र १५ सिट जित्ने दाबी गरिएको छ ।
इन्डिया न्यूज–पोलस्ट्रेटले एनडीएलाई ३७१ सिट तथा आईएनडीआईएलाई मात्र १२५ सिट जाने बताएको छ । अन्यले ४७ सिट जित्ने अनुमान छ र रिपब्लिक भारत– म्याट्रिजले एनडीएलाई ३६१ सिट जित्ने बताएको छ भने आईएनडीआईएले १२६ सिट जित्ने बताएको छ ।
अन्यले ५६ सिट जित्ने बताएको छ । रिपब्लिक टीभी–पी एमएआरक्यूले एनडीएले ३५९ तथा आईएनडीआईएले १५४ सिट जित्ने बताएको छ । अन्य दलले मात्र ३० सिट जित्नेछन् । इन्डिया न्यूज – डी डायनामिक्सले एनडीएलाई ३७१, आईएनडीआईएलाई १२५ तथा अन्यलाई ४७ सिट जाने बताएको छ ।
न्यूज नेशनले एनडीएले ३६०, आईएनडीआईएले १६१ तथा अन्यले २२ सिट जित्ने बताएको छ । यसअघि चुनाव शुरु हुनुअघि इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् ।
उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको थियो । ५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ ।
कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।
साभार : मिडिया डबली
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
17 घन्टा पहिले
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्..
काठमाडौं, असाेज २ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानव..
17 घन्टा पहिले
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार म..
काठमाडौं, असाेज १ : राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण ..
2 दिन पहिले
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व प..
काठमाडौं, असाेज १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्..
2 दिन पहिले
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अ..
काठमाडौं, भदौ ३१ : प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबा..
3 दिन पहिले
-
यूएनमा नेपालको जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ :महामन्त्री शर्मा
-
राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री
-
कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला
-
‘पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर छ’