Janakpurdham
Fri, Apr 17, 2026
`

मधेश : मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकारको दाबीमा ढिलाइ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २४ गते । मधेश प्रदेशमा बन्ने नयाँ सरकारमा सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेपछि सरकार दाबीमा ढिलाइ भएको छ ।प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजो राति नै शुक्रवार बिहान १० बजेभित्र नयाँ सरकारको दाबी गर्न आह्वान गरेकी हुन् ।

सत्ता गठबन्धनले आजै ५५ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गर्ने जनाएको छ । तर दलहरुबीच मन्त्रालय बाँडफाँडमा सकस परेको बुझिएको छ । नेकपा एमाले, नेकपा एमाले र जनमत पार्टीबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो । पछि नेकपा एस पनि जनमतको नेतृत्व स्वीकार्न तयार भयो । जनमतले मुख्यमन्त्रीका लागि सतिश कुमार सिंहको नाम सारेको छ ।

 मन्त्रालय बाँडफाँड टुङ्ग्याउन मधेश भवनमा सत्ता गठबन्धन दलबीच छलफल भएको छ । बिहान करिब ११ बजेदेखि निरन्तर छलफल गर्दा पनि कुरा नमिलेको बैठकमा सहभागी एक सांसदले बताए ।

उनका अनुसार अर्थ मन्त्रालय माओवादीलाई दिने आन्तरिक सहमति भएको थियो । तर नेकपा एसले अर्थ मन्त्रालयमा दाबी गरेपछि समस्या भइरहेको छ ।

नेकपा एसका सांसद प्रमोद कुमार यादवले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एकसहित तीन मन्त्रालय दिनुपर्ने बताए । उनले भने, ‘छलफल भइरहेको छ । एक चरणको छलफल सकेको छ । आजै पुनः छलफलमा बसेर टुङ्ग्याउने कुरा छ ।’माओवादी संसदीय दलका उपनेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँड सम्बन्धमा ९५ प्रतिशत कुरा मिलेको दाबी गरे । कति वटा र कुन कुन मन्त्रालयमा दाबी रहेको विषयमा उनले केहि खुलाउन चाहेनन् ।स्रोतका अनुसार जनमतलाई मुख्यमन्त्री र एक मन्त्रालय, नेकपा एमालेलाई चार मन्त्रालय, नेकपा एस र माओवादीलाई दुई दुई मन्त्रालय बाँडफाँड गरी प्रदेश प्रमुखसमक्ष नयाँ सरकारको दाबी पेश गर्ने तयारी छ ।

साभार : नेपाल प्रेस

`
12 comments
संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा प्रधानमन्त्री र ..

काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छ..

13 घन्टा पहिले

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट ब..

14 घन्टा पहिले

अमेरिकाको क्यालिफोर्नियामा वैशाख १ लाई नयाँ वर्षको मान..

जनकपुरधाम, वैशाख २ गते । नेपालीहरूको नयाँ वर्ष अमेरिकाको क्यालिफोर्निया राज्यको ४ शहरमा नेपाली नयाँ वर्ष विधिवत..

2 दिन पहिले

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौँ , वैशाख २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरका..

2 दिन पहिले

नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि स..

काठमाडौँ, वैशाख १ : राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यस..

3 दिन पहिले