Janakpurdham
Fri, Feb 27, 2026
`

अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, यी २८ जिल्लाबाट सुरू

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,जेठ ३१ गते । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको बताए । अहिले विभागबाट ती जिल्लामा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरेर स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पालिका÷वडास्तरमा अभियान सञ्चालन गरी विवरण दर्ता भइरहेको उनले बताए ।

पहिलो चरणमा राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएका जिल्लामा झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौँ, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ रहेका छन् । विभागले विगत चार वर्षदेखि ७३ जिल्लाका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गरिरहेको छ । हाल सबै जिल्ला प्रशासन कार्यालय, ५४ इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत विवरण सङ्कलनसमेत भइरहेको छ ।

 सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकाले परिचयपत्रमा विवरण दर्ता नगरेका व्यक्तिले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न विभागले अनुरोध गरेको छ । 

विभागले बुधबार सूचना जारी गर्दै बालबालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने जानकारी गराएको छ ।

`
12 comments
फागुन १८ देखि २१ गतेसम्म कञ्चनपुर–भारत सीमा नाका बन्द हु..

कञ्चनपुर,फाल्गुन १२ गते । फागुन १८ राति देखि २१ गते राति १२ बजे सम्म   नेपाल भारत सीमा जोडिएको कञ्चनपुर जिल्ल..

2 दिन पहिले

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर होली खेलियो

धनुषा,फाल्गुन १२ गते । मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनव..

2 दिन पहिले

काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प..

काठमाडौं, फागुन ११ : नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरी..

3 दिन पहिले

एक दर्जन युवाहरु कांग्रेस प्रवेश

स्याङ्जा, फागुन ११ : स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन्। ..

3 दिन पहिले

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक करिब १..

काठमाडौं, फागुन १० : उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अनिल कुमार सिन्हाले पेट्रोलमा १० प्रतिशत मात्र इथानोल ..

4 दिन पहिले