Janakpurdham
Sun, Aug 30, 2026
`

कृषिक्षेत्र प्रबर्धनमा पत्रकारिताको भुमिकामा छलफल 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ३२ गते । पत्रकारिताका अग्रज तथा पत्रकारिता प्राध्यापनमा संलग्न विज्ञहरुले कृषिक्षेत्र पत्रकारिताको प्राथमिकतामा रहनको लागि पत्रकारहरुलाई सीप तथा दक्षता अभिबृद्धीमा ठोस पहल गरिनुपर्ने बताएका छन् । 

मधेश प्रदेशको राजधानी जनकपुरमा नेशनल बायोटेकद्धारा आयोजित कृषि पत्रकारिता र कृषि जैविक विविधताको सन्दर्भमा पत्रकारिताको भुमिका विषयक छलफलमा बोल्दै सहभागीहरुले यस्तो विचार राखेका हुन् । 

छलफल कार्यक्रममा बोल्दै सञ्चार अध्येता तथा बरिष्ठ पत्रकार शिरोमणि ढुङ्गानाले कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको ज्ञानको दायरा बढाउनको लागि विशिष्ट कोर्सहरुको आवश्यकता रहेको बताउनुभयो । 

उहाँले कृषिसम्बन्धी उपलब्ध सेवासुविधा तथा कृषि पद्धतिको बारेमा जानकारी पाउने किसानको हक रहेको उल्लेख गर्दै यसको लागि तिनै तहका सरकारहरुले पत्रकारहरुको क्षमता अभिबृद्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बोल्दै जनकपुर टुडेमा आवद्ध पत्रकार हिमांशु चौधरीले राजनीतिक बिषयहरुको छायाँमा विकासका मुद्धाहरु परेको बताउनुभयो । उहाँले विषयकेन्द्रित तालिम र सीप प्रदान गर्नको लागि स्थानीय सरकारहरुले ध्यान दिएमा कृषि बिषयहरुमा कलम चलाउने पत्रकारहरु प्रोत्साहित हुने समेत बताउनुभयो । 

नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजन कुमार सिंहले कृषि पत्रकारितालाई व्यवस्थित र नतिजामुखी बनाउन पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुले यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

द मिररका सम्पादक अभय आशिषले कृषि क्षेत्रमा जैविक विधीहरुको प्रबर्धन गर्न आवश्यक रहेको र त्यसको लागि पत्रकारहरुले समेत भुमिका रहेको बताउनुभयो । 

कृषि उत्पादनहरु मानव स्वास्थ्यसँग समेत जोडीएका छन् । कृषि उत्पादनमा अत्यधिक विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर समेत पर्नसक्छ भन्ने स्थापित तथ्य नै हो । यसो हुन नदिन पत्रकारिता क्षेत्रले समेत भुमिका खेल्न आवश्यक छ, उहाँले भन्नुभयो । 

कार्यक्रममा पत्रकार लक्ष्मी चौधरीले प्रदेशस्तरमा बीट पत्रकारिताको अवधारणालाई प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनु भयो । 

छलफल कार्यक्रममा पत्रकारहरु अजय कुमार झा, पुरन साह, दिपेश मल्लिक, हरिबंश यादव लगायतले प्रदेशको राजधानी समेत रहेकोले जनकपुरमा कार्यरत पत्रकारहरुले समग्र प्रदेशकै कृषि विकासको लागि काम गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा जैविक मल उत्पादन गर्ने संस्था नेशनल बायोटेकको तर्फबाट माटोको स्वास्थ्य कायम राख्न र रसायनिक मलको अभावको समस्याबाट छुटकारा पाउनको लागि जैविक मलको उपयोगमा कृषकहरुलाई जानकारी गराउनुपर्ने सुझाव राखिएको थियो । 

नेशनल बायोटेकले साथी नामक जैविक मलको उत्पादन तथा यसको प्रयोगको लागि कृषकहरुमाझ सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

18 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

18 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले