लैँगिक हिँसा न्युनीकरण मधेशको विकराल समस्या
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असार ७ गते । मधेश प्रदेशमा लैँगिक हिँसा न्युनीकरण सम्बन्धी विभिन्न संंस्थाहरुले काम गरिरहेपनि कानुनको पालनामा सख्त नभएको कारणले हिँसा बढीरहेको अवस्था रहेको एक कार्यक्रममा वक्ताहरुले जनाएका छन् । समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा केयर नेपालको सहयोग तथा इन्सेकको समन्वयमा भएको लैँगिक हिँसा न्युनीकरणका लागि अबको दिशा निर्देशन सम्बन्धी प्रदेश स्तरीय छलफल कार्यक्रममा बोल्दै मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मंत्रालयका सचिब देवकुमारी खत्रीले हिँसामा परेका जनसमुदायको तथ्यांक नभएकाले कार्य गर्न समस्या भईरहेको बताउनु भयो ।
उहाँले पालिकाहरुले आफ्ना वडाहरुमा रहेका विभिन्न समुदायका तथ्यांक बनाई सार्वजनिक गर्दा त्यसको आधारमा लैँगिक हिँसा न्युनीकरणका लागि काम गर्न सकिने बताउनु भयो । सो कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मधेश प्रदेशमा छोरीहरु जन्मिदै नपाइरहेको अवस्था रहेको बताउनु भयो । भ्रुण हत्या भईरहेकाले यो भन्दै ठुलो लैँगिक हिँसा के हुनु भनेर प्रश्न गर्नुभयो ? फोरेन्सिक ल्याबको आभावमा बलात्कारका आरोपीलाई कानुनी दायरामा ल्याउन समस्या भईरहेकाले प्रदेश स्तरमा नै त्यस्ता ल्याब संचालन गर्नुपर्ने माग गर्नुभयो । समग्र जनउत्थान केन्द्रका अध्यक्ष रामभरोशी महतोको अध्यक्षतामा भएको सो साहस परियोजना अन्तरगतको छलफल कार्यक्रममा परियोजनाको उद्देश्यका बारेमा कार्यकारी निर्देशक देवराज पोखरेलले जानकारी गराउनु भयो ।
सो कार्यक्रममा मधेशमा लैँगिक हिँसाको अवस्थाका बारेमा इएन्सेकका प्रदेश प्रमुख राजु पासमानले प्रस्तुतीकरण गर्दै कानुनी समस्या र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले महिलालाई शिक्षा सहितको आर्थिक क्षेत्रमा पहुँच नबढे सम्म उनिहरु मथि हिँसा हुने भएकाले यस तर्फ सरोकारबलाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमको संचालन साहस परियोजनाका परियोजना संयोजक देवकुमार महतोले गर्नुभएको थियो ।
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
17 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
17 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
2 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
5 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ