बुद्ध एयरले थप्यो १८ औं एटीआर विमान
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,जेठ १५ गते । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औं एटीआर विमान भित्र्याएको छ ।
शुक्रबार काठमाडौं अवतरण गरेको नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो ।
योसँगै एटीआर-७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान पुगेको छ । नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ ।
बुद्धले नयाँ विमानको दर्ता नम्बर ९एन-एएनजेड´ पाएको छ । यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । अब बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन् ।
हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप विमान थपिएको बुद्धका बजार निर्देशक रुपेश जोशीले बताए । ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरूप यात्रुहरूले आफ्नो समय अनुकूल उडान गन्तव्य पुग्न सकुन् भनेर विमान थपेका हौं,’ जोशीले भने, `हामी उडान तालिकालाई बढिभन्दा बढी प्रभावकारिकाका साथ सञ्चालन गर्दै जाने छौं| ।´
उनका अनुसार थपिएको नयाँ विमानबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप एक उडान गर्ने योजना छ ।
हाल धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ । थपिएको विमानबाट अन्य गन्तव्यमा पनि उडान संख्या थप्ने योजना बुद्धको छ ।
थपिएको विमान नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीको भनाइ छ । बुद्धले आन्तरिकतर्फ हाल दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ ।
अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको बनारस उडान गरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जका लागि अन्तर प्रदेश उडान पनि गरिरहेको छ ।
साभार : विकास टाइम्स
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
17 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
17 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
2 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
5 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ