Janakpurdham
Sun, Aug 30, 2026
`

७ सहरमा महत्त्वाकाङ्क्षी परियोजना सुरु गर्दै सहरी विकास मन्त्रालय

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ १५ गते । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिबीको सहयोगमा नेपालका ७ वटा सहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना सुरु गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी सहरी कलस्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ ।

परियोजनालाई प्रभावकारी ढंगबाट संचालन गर्ने सन्दर्भमा  सहरी विकासमन्त्री धनबहादुर बुढाले एशियाली विकास बैंकका प्रतिनिधिहरूसँग प्रारम्भिक बैठक सुरु गरेका छन् ।

बैठकमा मन्त्रालयकाा सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो ।

उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडिबीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजीलगायत टिम नेपाल आएको थियो ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थानीय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिए ।

सहरी विकास मन्त्रालयको समन्वयमा एडिबीले यसअघि पनि थुप्रै परियोजना सफलतापुर्वक संचालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिए ।

परियोजनाले स्थानीयको जीवनस्तर सुधार गर्न नगरपाकिालको पुर्वाधार र सेवाहरुमा सुधार गर्नुका साथै प्राकृतिक, सांस्कृतिक र पर्यटन प्रर्वद्धनलाई पुनर्जिवित गर्ने लक्ष्य लिएको उक्त परियोजनाका निर्देशक रोशन श्रेष्ठले बताए ।

साथै उक्त परियोजनाले सात नगरपालिका र सहरी विकास तथा भवन निर्माण विभागको संस्थागत क्षमतामा समेत सुधार गर्ने लक्ष्य लिएको छ ।

यस परियोजनाले जलवायु र विपद् जोखिमहरूको विरुद्ध उद्यमशीलता वृद्धि, र दिगो पर्यटन मार्फत स्थानीय आर्थिक वृद्धि प्रदान गर्न अध्ययनसहित भूउपयोग योजना तथा निर्माण गर्ने लक्ष्य राखेको निर्देशक श्रेष्ठले बताए ।

साभार : विकास टाइम्स

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

17 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

17 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले