५८४ म्यानपावर कम्पनी खारेज, वैदेशिक रोजगारीमा कामदार पठाउन रोक
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं ,असार २५ गते । वैदेशिक रोजगार विभागले एकै पटक ५८४ म्यानपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरेको छ ।वैदेशिक रोजगार विभागमा दर्ता भई इजाजत पत्र लिएका तर, वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी विभागले खारेज तथा कारोबार रोक्का गरेको हो ।वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले स्वीकृति नलिई कामदार पठाएका, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएका, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएका, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेका कम्पनी खारेज तथा कारोबार रोक्का गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपाल प्रेससँग बताए ।
उनका अनुसार अनुमतिबिना शाखा कार्यालय खोलेका, विज्ञापन प्रकाशन नगरेका, छनौट सूची प्रकाशन नगरेका, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका पनि खारेज तथा कारोबार रोक्कामा परेका छन् ।यस्तै व्यक्तिगत रूपमा कामदार पठाएका, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएका, आदेश वा निर्देशन पालना नगरेका, करार विपरीत कार्य गरेकालाई म्यानपावर कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गरिएको विभागले जनाएको छ ।
खारेज तथा खाता रोक्कामा पर्नेमा पहिलो नम्बरमा ए वन ओभरसिज प्राली रहेको छ भने अन्तिम तथा ५८४ नम्बरमा जेनिथ प्रोग्रेसिभ प्राली रहेको छ ।यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने महानिर्देशक घिमिरेले बताए ।नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउनका लागि १ हजार ६०४ वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् ।विभागकै तथ्यांक अनुसार अहिले इजाजत पत्र प्राप्त गरेका म्यानपावरमध्ये ९८२ म्यानपावर कम्पनी मात्रै कानूनी रूपमा सक्रिय रहेका छन् ।
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार
काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..
16 घन्टा पहिले
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..
काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..
16 घन्टा पहिले
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..
काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..
2 दिन पहिले
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..
काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..
2 दिन पहिले
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..
काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..
5 दिन पहिले
-
कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ : डा.कोइराला
-
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
-
रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जनाको शवको पहिचान हुन सकेन
-
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ