Janakpurdham
Sun, Aug 30, 2026
`

जहाजमा बम भएको हल्लापछि सेनाको तीन घन्टा खानतलासी, केही भेटिएन

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ६ । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरवेजको जहाजमा हल्ला अनुसार बम नरहेको पाइएको छ।

मंगलबार अपराह्न ४:२७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टाराको जहाजमा बम रहेको हल्लापछि नेपाली सेनाको टोलीले सर्च अपरेशन चलाएको थियो।

सेनाको बम डिस्पोजल युनिटले उक्त जहाजमा तीन घन्टासम्म सर्च गर्दा पनि कुनै शंकास्पद वस्तु नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

शंकास्पद वस्तु नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरिएको छ।

जहाजमा बम रहेको सूचना प्राधिकरणलाई भारतको एउटा ह्वाट्सएप नम्बरबाट कलमार्फत जानकारी दिइएको थियो।

प्राधिकरणका अनुसार खतरामुक्त प्रमाणितपछि जहाज पुनः दिल्ली उडान गर्न लागेको छ।

 साभार : काठमाडौं प्रेस

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

15 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

15 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले