Janakpurdham
Sun, Aug 30, 2026
`

मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक २५ । मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

आइतबार विराटनगरस्थित उनकै निवासबाट पक्राउ गरी प्रहरीले अधिकारीलाई काठमाडौं ल्याएर अदालत उपस्थित गराएको थियो। 

जिल्ला अदालत काठमाडौंले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गर्न दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

अधिकारीमाथि गैरकानुनी रूपमा मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।

केही दिनअघि उनी सरकारलाई जानकारी नै नगराई जापान गएका थिए। उनीसँगै गएका तीन जनासहित अधिकारीलाई पनि डिपोर्ट गरिदिएपछि घटना सार्वजनिक भएको थियो। 

सो प्रकरणमा अहिले ६ जनालाई काठमाडौं प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीहरूले जापान जानका लागि मन्त्री अधिकारीलाई रकम बुझाएको बयान प्रहरीलाई दिएका छन्। 

जापान जान लागेका अधिकारी डिपोर्ट भएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा समेत दिएका थिए। 

लगत्तै उनीमाथि कारबाही हुनुपर्ने आवाज उठेपछि शनिबार मात्रै एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको थियो। 

शनिबार नै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पनि कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गर्दै अधिकारीमाथि अनुसन्धानका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो।

साभार : काठमाडौं प्रेस

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

14 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

14 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले