Janakpurdham
Sun, Aug 30, 2026
`

दार्चुलामा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ घाइते

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दार्चुला कार्तिक ३० गते ।  दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको  भएको छ। घटना स्थलबाट ७ जनालाई घाइते अवस्थामा उद्धार गरि अस्पताल पठाइएको छ । मालिकार्जुन गाउँपालिका-३ अवस्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिकालिन जात्राबाट फर्केर  गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८  नम्बरको जीप  शुक्रवार  बिहानै शैल्यशिखर नगरपालिका – ६ ग्वानीको सिराडी धारमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। 

उहाँका अनुसार जीप सडक बाट करिब ३ सय मिटर तल खसेको छ। घटनामा परि मृत्यु भएकाहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा अँध्यारो भएका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटेका छन् । घटना राति करिब ३ बजेतिर भएको अनुमान छ ।


साभार : रेडियो नेपाल

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

13 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

13 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

2 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

2 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

5 दिन पहिले