गुजरात पुल दुर्घटना : एक सय ४१ जनाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
नयाँदिल्ली, कात्तिक १४ गते । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् ।बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर सञ्चालन गरेका थिए । चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा आइपुगेको छ ।यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नहुने बताउनुभएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उहाँले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताउनुभएको छ ।साभार : गोरखापत्र
बन्दशत्रमा रविले भने– पुरानै शैलीले फरक परिणाम सम्भव छै..
चितवन, असार ९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक श..
1 दिन पहिले
कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू ..
रौतहट, असार ९ : नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपम..
1 दिन पहिले
नेकपा एमालेका उपाध्यक्ष पौडेल पक्राउ
सुर्खेत ,असार ८ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ पर्नुभएको छ । पूर्व अर्थमन्त्री समे..
2 दिन पहिले
मनिष झाले महामन्त्रीमा उम्मेदवारी दिने
चितवन, असार ८ : अहिले चिवतनमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवशेन चलिरहेको छ। आइतबारबाट सुरु भएर ती..
2 दिन पहिले
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दास..
काठमाडौं, असार ७ : प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको ..
3 दिन पहिले